बिहिबार, बैशाख २, २०७८
मुख्यमन्त्रीको पद जोगाउन ओली पक्षले मध्यराती नै प्रदेशसभाको चालु अधिवेशन अन्त्य गराए !

मुख्यमन्त्रीको पद जोगाउन ओली पक्षले मध्यराती नै प्रदेशसभाको चालु अधिवेशन अन्त्य गराए !


  • स्वदेश नेपाल
  • बिहिबार, बैशाख २, २०७८

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिशमा अधिवेशन हिजो (बुधवार) मध्यरातदेखि नै अन्त्य भएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि मुख्यमन्त्री गुरुङले चालु अधिवेशन अन्त्य गरेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आजै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरिएको जानकारी दिएका थिए ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा रहेका दलहरुले हठात प्रदेशसभा अधिवेशन अन्त्य गर्न राजनीतिक बेइमानी भएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङ अविश्वासको प्रस्तावबाट धेरै भाग्न नसक्ने भन्दै उनीहरुले विशेष अधिवेशन बोलाउन समावेदन दिने संकेत गरेका छन् ।

नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट