शुक्रबार, मंसिर १९, २०७७
पोखरामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६५ यूनिट रगत सङ्कलन

पोखरामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६५ यूनिट रगत सङ्कलन


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १९, २०७७

पोखराका सामाजिक संस्थाहरु लियो क्लब फिस्टेल लेकसिटी, संघम पिस चौतारीको संयूक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत सङ्कलन भएको छ । रक्तदानमा यूवा सहभागिता सहित “आज नगरे कहिले गर्ने ” भन्ने मूल नारा राखेर यूवा वर्गलाई आकर्षण गराई रक्तदाताको संख्या वृद्धि गराउने उद्देश्य रहेको लियो जिल्ला अध्यक्ष आर्दशमोहन भट्टराईले बताए । उक्त रक्तदान कार्यक्रमका संयोजक लायन्स डिष्ट्रीक बालकृष्ण शर्माले लायन्स अभियानमा रत्तदान मुख्य कार्यक्रम रहेको बताएका छन । लियो क्लब पोखरा फिस्टेलका अध्यक्ष विदुर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, रक्तदान अभियान्ता रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, रक्तसंचार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवाली, लेकसिटीका अध्यक्ष अङ्किता पौडेल, संघमका अध्यक्ष दिव्या न्यौपाने, सचिव जिना श्रेष्ठ लगायतले रक्तदानको महत्व माथि प्रकाश पारेका थिए ।

कोरोना महामारीको भयानक अवस्थामा रगतको कमि भeर अकालमा कसैले पनि ज्यान गुमाउन नपोरोस भन्ने हेतुले यो रगत सङकलन कार्यक्रम आयोजना गरिएको क्लब अफ पोखरा फिसटेल सिटिका अध्यक्ष बिदुर सापकोटाले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट