शुक्रबार, भदौ १२, २०७७
लियो क्लब अफ पोखरा फिस्टेल सिटिद्वारा मजदुरलाई सहयोग हस्तान्तरण

लियो क्लब अफ पोखरा फिस्टेल सिटिद्वारा मजदुरलाई सहयोग हस्तान्तरण


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ १२, २०७७

काठमाडौं । लियो क्लब अफ पोखरा फिस्टेल सिटिले पोखराका हेम थापालाई किचन सामग्रीसहित सहयोग हस्तान्तरण गरेको छ ।

लियो क्लब अफ पोखरा फिस्टेल सिटिका अध्यक्ष बिदुर सापकोटाले हिजो बिहीवार पोखरा ४ गैर्हपाटनमा बस्दै आएका थापालाई सहयोग प्रदान गरेको थिए ।

आर्थिक अवस्था कमजोर भएका थापा महिनौ देखि फालिएको फोहर समेट्दै आफ्नो दिनचर्या चलाउदै आएका थिए । खाना पकाएर खानसमेत कुनैपनि सामग्री नभएका थापालाई सहज होस भनेर उक्त सामग्री हस्तान्तरण गरिएको बताईएको छ ।

हस्तान्तरण गरिएका सहयोग सामग्रीहरुमा सिलिन्डर १ थान, चुलो १ थान, नुन १ पोका, तेल १ लिटर सोयाबीन २ पोका र केहिथान भाडाहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट