शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

अब वीर अस्पतालले घरमै २४ थरी बिरामीलाई सेवा दिने ( सुची सहीत )


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १३, २०७६

काठमाडौं–सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा होस्, तपाईंलाई हार्डजोनी, नशा, यौ’न, छाला, नाक , कानलगायतअन्य समस्या भएको छ ? अब चिन्ता लिनुपर्दैन ।

वीर अस्पतालले विभिन्न २४ प्रकारका बिरामीलाई घरमै सेवा दिने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।

त्यसैले विभिन्न २४ प्रकारका बिरामीले घरमै बसेर जस्तै मिर्गौला, कलेजो, क्यान्सर, आकस्मिक शल्यक्रिया, मेडिसिन, लगाएतका बिरामीले वीर अस्पतालका यी विभागमा फोन गरेर सेवा लिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वाथ्य सेवा र चिकित्सकको सम्पर्क नम्बर तल उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट