मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

चितवनमा मृ’त्यु भएका युवालाई कोरोना भाइरस नभएको पुष्टि


  • स्वदेश नेपाल
  • बुध, चैत्र १२, २०७६

काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।

मृ’तक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।

‘रिपोर्ट आएको छ, रिपोर्टमा कोरोना नेगेटिभ देखियो’, अधिकारीले भने, ‘यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनालाई पनि प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी दियो।’

कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको श’व परिवारलाई दिइनेछ । मिगौलाको रोगी रहेका उनी भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाका आशंकामा कोरोना विशेष अस्पतालमा रिफर भएका थिए । अस्पतालले सोमबार नै कोरोनको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएकोमा रिपोर्ट आउनुअघि नै उनको मृ’त्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट