मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

धर्मका नाममा भ्रम र अफवाह फैल्याउने क्रिश्चियन पास्टर पक्राउ


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ११, २०७६

कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण फैलाएको आरोपमा एक जना क्रिश्चियन पास्टरलाई प्रहरीले पक्राउ गरेको छ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट