मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

‘होम क्‍वारेन्टाइन’मा साइकल कुदाउँदै ‘प्रचण्ड’


  • स्वदेश नेपाल
  • आइत, चैत्र ९, २०७६

काठमाडौं : कोरोना संक्रमणको त्रास फैलिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ‘होम क्यारेन्टाइन’मा बसेका छन्।

‘होम क्यारेन्टाइन’मा रहँदा अध्यक्ष दाहाल साइकल कुदाउँदै बसेको छन्। साइकल गुडाउनुबाहेक अध्यक्ष दाहाल घरमा बस्दा विभिन्‍न पत्रपत्रिका र किताबहरूको समेत अध्ययन गर्ने गरेको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

कोरोनाको संक्रमणको त्रासले अध्यक्ष दाहालले अत्यावश्यक बाहेकका राजनीतिक भेटघाटसमेत बन्द गरेको उनको भनाइ छ।

आइतबार अध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमणबाट बच्‍न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिलसमेत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट