शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

आफ्नो बाह्रौ गीतको म्युजिक भिडियो लिएर कोरोना विरुद्ध जनचेतना जगाउन आईन गोमा परियार (भिडियोसहित)


  • स्वदेश नेपाल
  • आइत, चैत्र ९, २०७६

काठमार्डाैं । लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा ‘कोरोना भाईस’ बोलको गीत भर्खरैमात्रै सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस गीत जनचेतनामुलक गीत हो ।

चिनको उहानबाट सुरु भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना भाईरसले यतिबेला मुलुकनै सन्त्रासमा छ।

अहिले बिभिन्न माध्यमबाट कोरोनासम्बन्धि जनचेतना जगाउने कामहरु शुरु भईरहेको छ । भर्खरैमात्रै नेपाल टेलिकमलेपनि कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

यहिक्रममा कोरोना भाईरस गीतपनि बजारमा ल्याइएको हो । विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी केकस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार परियारको यो १२ औ गीतको म्युजिक भिडियो हो , यो भन्दा पहिले पनि ११ वटा म्युजिक भिडियोको लागि गीत रचना गरिसकेकी छिन । पत्रकारितासंगै साहित्यमा पनि कलम चलाउदै आएकी परियार स्वदेश नेपाल डटकमकि उपसम्पादक समेत हुन् ।

संसारभरि दशौ हजार मान्छे मरिराछ
अझै बढ्न सक्छन् भन्ने समचार आछ ।

डराउन हुन्न, आत्तीन हुन्न, कोरोना यो टर्छ
यो बेलामा हामी सवै सचेत बन्नुपर्छ ।

आउँदै छ कारोना भाइरस
विश्वभर आतंक छाइराछ ।।

प्रतिक्रिया
ताजा अपडेट