शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

विख्यात महायानी बौद्धगुरु खेन्ट्से रिन्पोछेले गौ माताको गहुँत खाएर ल्होसारको शुरुवात गरेपछि


  • स्वदेश नेपाल
  • शनि, चैत्र ८, २०७६

मोहन लामा रुम्बा
गहुँत र रेम्पुर्छे
आफुलाई बौद्ध हौं भन्ने तर बौद्ध शास्त्र र सिद्धान्त विपरीत गाई काटेर खान पाउनुपर्छ भन्दै हिडेर समाजमा जातीय वैमनस्य र घृणाको बिजारोपण गर्नेहरू लाई मेरो भन्नु केहि छैन किनभने उनीहरु यही गरेर काठमाडौको महंगो सहरमा परिवारलाई साँझ बिहान् हातमुख जोर्नु छ। प्रत्येक बौद्ध जसले शास्त्र केलाएर पढ्ने गरेको छ तिनीहरुले जति हिन्दुले गाईको महिमा गर्छ त्यतिकै उनीहरुले पनि गर्छन् किनकि बुद्ध भगवानले भन्नुभएको छ ÷

यथा माता पिता भ्राता अज्ञे वापि च ज्ञातका ।
गावो मे परमा मित्ता यातु जजायंति औषधा ॥
अन्नदा बलदा चेता वण्णदा सुखदा तथा ।
एतवत्थवसं ज्ञत्वा नास्सुगावो हनिं सुते ॥

अर्थात : माता, पिता, परिजन एवं समाज जस्तै गाइ हामीलाई प्रिय हुन्छ र अत्यंत सहायक हो। यसको दुग्धले हामी औषधि बनाउछौ गाई हामीलाई भोजन, शक्ति, सौंदर्य आनंद दिने गर्दछ।

तस्मा हि माता पिता व मानये सक्करेय्य च् ॥ १४ ॥
ये च् खादंति गोमांसं मातुमासं व खादये ॥ १५ ॥

अर्थात ; गाई र गोरु सम्पूर्ण परिवारको आवश्यक र यथोचित पदार्थ दिन्छ अतः हामी उनलाई सावधानी पूर्वक र माता पिता योग्य व्यवहार गर्नु पर्दछ। गाईको मासु खानु भनेको आफ्नो आमाको मासु खाए बराबर हो (लोकनीति ७)

हिमाली महायानी हरुको पवित्र बौद्ध ग्रन्थ धोमाङमा यस्तो छ गाईको गोबरलाई मण्डल बनाई यस्तो मन्त्र “नमो रत्न त्रयाय नमो आर्यअवलोकित्यश्वरय बोधि सत्वया महा……………” जपेर मल्हम जस्तो लेपन गर्नु भनेको छ भने प्रत्येक चैत्य स्तुपा निर्माण गर्दा विभिन्न दुर्लभ जडिबुटी हिरा मोती सुन जस्ता पंचरत्न हालेर निर्माण गर्दा त्यहाँ पनि गाईको गोबर पंचरत्नको रूपमा हाल्ने गरिन्छ लेख्दै गए धेरै छ ।

अहिलेलाई जुन भिडियो छ यहाँनेर हेर्नु उहाँ गुरु कुनै चानचुने लामा होइन महायानी बौद्ध क्षेत्रमा सुप्रसिद्ध चिरपरिचित विद्वान् गुरु हुनुहुन्छ जोङसार जम्याङ खेन्ट्से रिन्पोछे, खेन्ट्से नोर्बुका नामले पनि चिनिने उनी सिनेमा निर्माण र पुस्तकलेखनमा पनि उत्तिकै प्रसिद्ध छन् । ‘दि कप’ (१९९९), ‘ट्राभलरर्स एन्ड म्याजिसिएन्स’ (२००३) र ‘वर : अ ब्लेसिङ’ (२०१३) उनका प्रसिद्ध सिनेमा हुन् भने ‘ह्वाट मेक्स यु टन अ बुद्धिस्ट’ (२००७) र ‘नट फर ह्याप्पिनेस’ (२०१२) उनका पुस्तक हुन् ।

उहाँले बौद्ध शिक्षा प्रदान गर्न खोलिएको थुप्रै कलेजहरु भारत भुटान देखि अष्ट्रेलिया उत्तर अमेरिकामा पनि उहाँको सेन्टर चलिरहेको छ।
उहाँ यसपटकको ल्होसारको पहिलो दिनको सुरुवात पंचअमृतको रूपमा गहुँत ग्रहण गरेर गर्दै हुनुहुन्छ।

भिडियो साभार- लेखकको फेसबुकबाट

म बारम्बार भन्दै छु हामी सनातनी हिन्दु बौद्ध हरुमा संस्कारजन्य जातीय विविधता हुन्छ तर सैद्धान्तिक शास्त्रीय रूपमा हामी एक ठाउँमा हुन्छौं एउटै ईश्वरको फरकफरक रूपमा पुजा गर्छौ !

जय सनातन धर्मको !

प्रतिक्रिया
ताजा अपडेट