मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

खाडीको रोजगारि बन्द भयो भने नेपालीले के खान्छन् ? विदेश जाने होईन, देश लुटेराहरुसंग भिड्ने मानसिकतामा फर्कनुनुहोस् !


  • भरत दाहाल
  • शनि, चैत्र ८, २०७६

जसकाे उत्पादन छैन, त्यसकाे केही पनि छैन …..आफ्नो उत्पादन नहुनेहरुका लागि कोरोनाले दिएको ब्याबहारिक शिक्षा

विदेश जाने होईन, देश लुटेराहरुसंग भिड्ने मानसिकतामा फर्कनुनुहोस् !

द. कोरीया, खाडी, मलेसिया र साउदीमा रोजगारि बन्द भयो भने नेपालीले के खान्छ ? रेमिट्यान्सबाट आएको पैसाले शहरमा श्रीमती राखेर छोराछोरीहरुलाई बोर्डिङमा पढाउनेहरुको विदेशी रोजगारी गुम्ना दिन जीवन कहाँ जान्छ ? यहाँका विदेशी द’लाल अप’राधिहरुले वैदेशिक रोजगारीको बहानामा विदेशी योजनामा नेपाल खाली गर्ने अभियान अन्तर्गत् निकालिएका नेपालीहरुको सिंगो परिवार कुनै न कुनै दिन अकालमैं कालको मुखमा पर्नेवाला छ।

नेपालमा उत्पादन र रोजगारी सून्य बनाएर आफ्नो सामरिक रणनीति अघी बढाउने विदेशी योजना अन्तर्गत् २०४७ साल देखि उद्योगहरु समाप्त पार्ने, कृषि जमिन प्लटिङ गराउने र देशका श्रोत-साधनहरु सबै विदेशीका हातमा बेच्ने जुन अभियान चलाईंदै आएको छ, यसले एक दिन नेपालमा भयानक अनिकाल र लुटपाटको संभावना बढाउँदै लगेको छ। कोरोना जस्ता महामारी वा ठूला यु’द्धहरुको कारणले वैदेशिक रोजगारी बन्द हुने कुरा पक्का छ।

जुन देशको आफ्नो उत्पादन हुँदैन, त्यो देशका नागरिकहरु विपत्तिको बेला मर्नुको विकल्प हुँदैन। रोजगारी नभएकाहरुका लागि आजको विदेशमा जीवन त देखिन्छ तर कालान्तरमा यही मृत्यूमा परिणत हुन्छ। हामीले बजारमा राखिएका विदेशी सामानहरु देखेर नेपालमा विकास भएको जुन भ्रम पालिरहेका छौं, यो भ्रम हाम्रा सन्तती पुस्ताहरुको अवसानको प्रस्थान बिन्दू हो। विदेश जाने मानसिकता बनाएर हामीले सन्तान बनाउँदै छैनौं कि मार्दैछौं।

आफ्नो खेतबारी जस्तो स्वर्ग कहीं पनि हुँदैन भन्ने यथार्थता कोरोनाको त्रासदीले देश फर्कनेहरुको लर्कोबाट थाहा हुन्छ। जन्मभूमी स्वर्ग हो। विदेशमा आफ्नो आँगन हुँदैन। जुन जुन विदेशी दलाल अपराधिहरुले नेपालीहरुलाई विदेश लखेटेर देशमा विदेशी शासन चलाईरहेका छन्, यीनीहरुको ग’र्धन टु’क्य्रा’एर र यीनीहरुसंग वारपारको लडाईं लडेर आफ्नै धर्ती हराभरा बनाउने संकल्प लिएर सबै देशमा फर्कन एकदमैं जरुरी भैसकेको छ।

एकछिन कल्पना गरौं कि कोरोनाको महामारीले खाडी, मलेसिया, कोरीया जस्ता देशको अर्थतन्त्र चौपट बनायो भने विदेश जानुलाई समाधान ठान्ने नेपालीको जीवन कहाँ पुग्छ ? वास्तविक समाधान खोजौं !

हामीसंग कर निचोरेर नां’गो ड’कैति गरिरहेका भ्रष्टाचारीहरु, जनताले विकासका लागि तिरेको करले करोडौंका गाडीमा शयर गर्ने घृणितहरु, श्रोत…साधनहरु विदेशीलाई सुम्पेर नेपालीहरुलाई विदेश लखेटिरहेका दे’शद्रो’हीहरु, लाई ठाउँमैं समाप्त पारेर उत्पादनमा लाग्नु पर्छ। लड्ने संकल्प नहुने हो भने यो अप’राधि तप्काले नेपालीहरुको सात पुस्तासम्मलाई विदेश लखेटिरहन्छ र खाली भएको देशमा विदेशी भरिरहन्छ।

प्रतिक्रिया
ताजा अपडेट