मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

यदि कोरोनाभाइरसको संक्रमण फैलिए नेपालले थेग्न सक्दैन (भिडियोसहित)


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

चीनको हुवेई प्रान्तकाे वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९)काे संक्रमण अहिले विश्वका १ सय ७६ देशमा फैलिसकेको छ।

नेपालमा अहिलेसम्म एक जनामा कोरोनाको संक्रमण देखिए पनि उनी निको भएर घर फर्किसकेका छन्। कोरोनाकाे नयाँ संक्रमण नदेखिए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ।

सरकारले कोरोना भाइरसको संक्रमण भित्रन नदिनका लागि सावधानी अपनाइरहेको दाबी गरेपनि सर्वसाधारणमा भने यसकाे त्रास बढ्दै गएकाे छ। सामान्य रुघाखोकी लाग्दासमेत त्रसित हुँदै अस्पतालसम्म पुग्नेको संख्या बढ्दो रहेको चिकित्सकले बताएका छन्। रुघाखोकी लाग्ने बित्तिकै नआत्तिन चिकित्सकहरुकाे सुझाव दिएका छन्।

‘नेपाल कोरानामुक्त छ’ भन्दै नागरिकलाई भ्रममा राख्ने काम गर्नुभन्दा पनि सावधानी अपनाउन जरुरी रहेको जनस्वास्थ्य विद्हरुले बताएका छन्। केहीगरि नेपालमा कोरोनाको संक्रमण भित्रिएको खण्डमा नियन्त्रण बाहिर जाने जनस्वास्थविद् डा. रीता थापा बताउँछिन्।

डा. थापा भन्छिन्, ‘पर्याप्त अभ्यास नभएका कारण नेपाल जस्तो देशले विश्वभर दिन प्रतिदिन बढ्दै गइरहेको संक्रमणको प्रकोप थेग्न सक्दैन। काेराेना भाइरसको उपचार भनेको यसको रोकथाम हो।’

डा. थापाले दूरी कायम गरेर बस्ने, हात मिलाउनुको साटो नमस्कार गरी अविभादन गर्ने, खोक्दा वा हाछ्यूँ गर्दा कुइनोले छोपरे गर्ने, बेलाबेला सेनिटाइजरले प्रयोग गर्ने, फिज आउने गरी पटक–पटक २० सेकेन्डसम्म साबुन पानीले हात हुने, कुनै पनि सामाजिक, धार्मिक तथा आध्यात्मिक जमघट नगर्ने जस्ता सावधानीहरु अपनाउँदा कोरोनाको संक्रमणबाट बच्न सकिने बताइन्।

कोरोनाको संक्रणबाट बच्ने मुख्य उपाय सामाजिक दूरी कायम गर्नु रहेको उनकाे भनाइ छ। उसो त सरकारले विदेशबाट नेपाल आएका नेपाली वा विदेशी नागरिकलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु पर्ने बताएको छ। सेल्फ क्वारेनटाइनको अभ्यास नेपालभन्दा अगाडि अन्य देशहरुले गरिरहेका छन्।

नियम मात्र बनाउनुभन्दा पनि सरकाले नगरिकलाई कोरोनाका बारेमा जानकारी दिन, संक्रमणको बारेमा बुझाउन र उनीहरुलाई सजक बनाउन अत्यन्तै आवश्यक रहेकाे डा‍. थापाको भनाइ छ। सरकारले सरकारी कर्मचारीहरुलाई परिचालित गरेर कोरोनाका बारेमा नागरिकलाई सचेत गराउन सकिने डा. थापाले बताइन्। -देशसञ्चारबाट साभार

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया
ताजा अपडेट