आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

कोरोनाका बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : स्वास्थ्य मन्त्री


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।
नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन्। उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने बताए।

उनले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताए। उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कूटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले काभिड–१९ विरुद्धको लडाईंमा सञ्चारमाध्यमलाई सत्य सूचना मात्रै प्रवाह गर्न आग्रह गरे।

विश्वव्यापी कोरोनाको सन्त्रास बढिरहेको हुँदा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले काभिड–१९ संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट