मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

कोरोना सँग जुध्न सुन्नै पर्ने गगनको यो भिडियो सन्देश


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

काठमाडौँ । चीनको ऊहान शहरमा (२०१९ डिसेम्बर ३१ तारिख)मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पहिलो पटक देखियो । ऊहानबाट फैलिएको कोभिड–१९ को संक्रमण यतिबेला विश्वका १ सय ७० देशमा पुगेको छ ।

चीनको छिमेकी मुलुक नेपालले भने अहिलेसम्म कोभिड–१९ संक्रमणको सामना गर्नुपरेको छैन । नेपाल मार्च १ तारिखमा आएर मात्र यसबारे केही सचेत देखिएको थियो ।

फागुन १८ गते (मार्च १)मा सरकारले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

त्यसपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सदनदेखि सडकसम्म बहस सुरु भयो । कोरोना रोकथाम तथा नियन्त्रण र जनचेतनाका लागि देखिनेगरी उपस्थित भए प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापा । सानेपा र बानेश्वरबाट सक्रिय रुपमा लागेका थापा सामाजिक सञ्जालमा पनि त्यतिकै सक्रिय थिए ।

योबीचमा थापा पनि सामाजिक सञ्जालमार्फत कोरोनाभाइरसका लक्षण र बच्ने उपायबारे सन्देश दिन व्यस्त थिए । १३ फागुनमा उनले आफ्नो ट्वीटर ह्यान्डलमा ‘कोरोना भाइरस के हो ? यो कसरी सर्छ ? यसका लक्षणहरू के–के हुन्छन् ? संक्रमणबाट बच्नका लागि के–कस्ता उपायहरु अपनाउन सकिन्छ ?’ भन्ने भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

सरकारले १९ फागुनमा कोरोना रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरेपछि सोही दिन जोखिमसँग जुध्न राष्ट्रिय संकल्प जरुरी रहेको थापाको भनाइ थियो ।

उनले ट्वीटरमा लेखेका थिए, ‘कोरोना भाइरसमुक्त नेपालभन्ने लहडी कुराबाट मुक्त भएर जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक छन् तर अपर्याप्त छन् । संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छौं । जोखिमसँग जुध्न राष्ट्रिय संकल्प जरुरी छ ।’

प्रधानमन्त्रीको आधिकारीक ट्वीटर ह्यान्डलमा मेन्सन गर्दै थापाले अगाडि लेखेका थिए, ‘पीएम नेपाल हामी सरकारलाई प्रश्नमात्रै होइन मद्दत गर्न चाहन्छाैं ।

२३ फागुनमा कोरोना भाइरस संक्रमणको जोखिमका सन्दर्भमा सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसहित उनी बहसमा उत्रिए । सदनमा उक्त प्रस्तावमाथि गर्मागर्मी बहस पनि भएको थियो ।

यस्तो छ थापाले जारी गरेको भिडियो सन्देश

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट