शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कोरोनाका कारण विश्वभर २ करोड ५० लाखको रोजगार गुम्ने खतरा , ३.४ ट्रिलियन डलर नोक्सान हुन सक्ने अनुमान


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

विश्व भर महामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारण दुनियाभरमा बेरोजगारिको सस्ंथा बढने सयुक्त राष्ट्रसंघ (युएन)को एउटा अनुसन्धानले बताएको छ । कोरोना भाइरसको कारण बिभिन्न देशमा आर्थिक मन्दी आउने अनुमान गरिएको छ । युएनको अनुसन्धान अनुरुप विश्व भरका २ करोड ५० लाख मानिसहरु बेरोजगार हुने आकंलन गरिएको छ ।

यस्तो भयो भने विश्वभरमा बेरोजगारीको संख्या तिब्र रुपमा बढ्ने छ । तर सयुक्त राष्ट्रसंघको मान्यता अनुसार यदि अन्तराष्ट्रि स्थरमा सबै देश मिलेर साझा निति ल्याएमा यो समस्यालाई केहि हदसम्म समाधान गर्न सक्ने बताइएको छ । यो सयुक्त राष्ट्रसंघको कोरोना भाइरस सम्बन्धि प्राभरिक रिर्पोट हो । जसमा अहिलेसम्म कोरोना भाइरस २००८ सालको आर्थिक संकट भन्दा खतरनाक नभएको बताइएको छ ।

कोरोना भाइरसको कारण विश्व भरको मानिसहरु बेरोजगार हुने खतरा भएको कारण अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले आपतकालिन बैठक बोलाएको छ । बैठकमा ३ ठुला मुद्धाहरुको छलफल गरिने बताइएको छ । जसमा एउटा कोरोना भाइरसबाट हुन सक्ने समस्याको साझाहल खोजिने बताइएको छ ।

विश्वमा गरिबि कम गर्ने बिभिन्न खाले अभियानलाई पनि कोरोना भाइरसको कारण झड्का लाग्ने अनुमान गरिएको छ । यस भाइरसको कारण विश्वभरको रोजगारिमा आएको गिरावटले २०२० मा ८६० अमेरिकि डलर देखि लिएर ३.४ ट्रिलियनसम्मको नोक्सान हुन सक्ने अनुमान गरिएको छ ।

यसले बस्तु र सेवाहरुको खपतमा गिरावट ल्याउले छ हाल विश्वभरमा ८८ लाख देखी ३५० लाख माथिसम्म मानिसहरु गरिबिको रेखा मुनि रहेको छन् । यस कारण पनि २०२० मा गरिवि निवारण गर्ने लक्ष्यमा झड्का लाग्न सक्ने अनुसन्धानले देखाएको छ ।

कोरोनाको कारण विश्वभरका अधिकासं देशमा आर्थिक र व्यापारिक गतिविधि ठप्प हुने अवस्था आएको छ । कोरोना भाइरसको कारण बिभिन्न देशले एक देशबाट अक्रो देशसम्मको आवात जावात नै ठप्प पारेका छन् । सरकारले अति आवश्यक काम बाहेक स्कुल, कलेज, सिनेमा हल, भिडभाड हुने अधिकासं ठाउमा मानिसलाई भेला नहुन भनेको छ । मानिसहरु स्वयम पनि भिडभाडबाट सुरक्षित रुपमा बस्न थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट