शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

मोहन खड्का र प्रतिमा विश्वकर्माको ‘आँशु झारेर’ सार्वजनिक (भिडियोसहित)


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

काठमाडौं । लोक तथा दोहोरी गायक मोहन खड्काको ‘आँशु झारेर’ सार्वजनिक भएके छ । गायक खड्काले निकै आसा गरेको र दर्शक स्रोताको प्रतिक्षामा रहेको गीत आँसु नझार भिडियोसहित आज मात्रै बजारमा आएको हो । सार्वजनिक हुनुअगावै टिकटकमा रुचाईएको र श्रोताले अत्यधिक प्रतिक्षा गरिएको गीत पनि हो ।

खड्का र प्रतिमा विश्वकर्माको आवाजमा रहेको गीत खड्काको आफ्नै युटुव च्यानलबाट बजारमा आएको हो । कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की र प्रकाश सापकोटाको अभिनय रहेको छ ।

शिव पौडेलको शब्द रहेको गीतमा संगीत स्वम् खड्काले नै भरेका छन् । गीतमा बाध्यताले वैदेशिक रोजगारीमा जानुको पिडा देखाउन खोजिएको छ ।

खड्काले हामीसँगको कुराकानीमा यसअघिका गीत जस्तै यो गीतले पनि दर्शक स्रोताको मन जित्नेमा आँफू विश्वस्त रहेको बताएका छन् । खड्का पछिल्लो समयका एकदमै व्यस्त गायकका रुपमा परिचित छन् ।

खड्काका एक पछि अर्को गर्दै चर्चित चर्चित गीतहरु बजारमा आईरहेका छन् । पछिल्लो समय मात्रै न्याउली चरी बजारमा ल्याएका खड्काले दर्शक स्रोताको मन जित्न सफल भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट