शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

ओरालो लाग्यो सुनको मूल्य, आज कति?


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ ।बिहीबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि हिजो (बुधबार) सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो ।आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घट्दै प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य घटबढ भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट