आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

कोरोनाको डरले विश्व चर्चित गायिका माइलीको बास वासिङ मेसिनभित्र


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

लसएन्जलस । कोरोना भाइरस संक्रमणको डर विश्व चर्चित एक गायिका वासिङ मेसिनमा लुक्न पुगेकी छन् । हलिउड गायिका माइली साइरसले आफूलाई वासिङ मेसिनभित्र बन्द गराएकी हुन् ।

माइलीको यो भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । भिडियोको सुरुमा उनलाई खोज्दै आएका कोही ‘तपाई कहाँ हुनुहुन्छ ?’ भनिरहेको देखिन्छ । भिडियोमा वासिङ मेसिन देखिन्छ । त्यसभित्र माइली सेतो ब्ल्याङकेटमा बसिरहेकी हुन्छिन् । माइलीको यो भिडियो हेरेर सहजै अनुमान लगाउन सकिन्छ कि ‘कोरोना भाइरस’कै त्रास छ ।

यसअघि, माइली सम्बन्धविच्छेदका कारण चर्चा थिइन् । विवाहको आठ महिनापछि उनी र अभिनेता लियाम हेम्सवर्थबीच सम्बन्धविच्छेद भएको थियो । माइलीका प्रवक्ताले ‘दुवै आफ्नो करिअरमा बढी फोकस भएकै’ कारण सम्बन्धविच्छेद हुन पुगेको बताएका छन् ।

त्यसो त, माइली साइरस विश्व चर्चित गायिका हुन् । उनको स्टाइल र गायन औधी मन पराउने गरिएको छ । यसअतिरिक्त माइली अभिनयमा रामै्र दख्खल राख्ने कलाकार मानिन्छिन् ।

यसैबीच, पछिल्लो खबरअनुसार ‘एभेन्जर्स’ र ‘गेम अफ थ्रोन्स’का कलाकार कोरोना भाइरसका त्रासमा परेका छन् । तर, अभिनेता इदरीस एल्बा आफूमा ‘पोजिटिभ’ देखिएपछि ढुक्क देखिएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, ‘आजै बिहान कोविड–१९को पोजिटिभ पाएको छु । अहिले म ठीक महसूस गरिरहेको छु ।’

प्रतिक्रिया
ताजा अपडेट