आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

भगवान श्री राम र कृष्ण निला हुनुको यस्तो छ रहस्य


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

धेरै मानिसहरुको मनमा भगवान श्रीरामचन्द्र र श्रीकृष्णको रुप किन निलो भन्ने प्रश्न जाग्ने गर्छ । भगवान श्रीकृष्ण जन्मदा गोरो नै जन्मिनुभएको थियो । यमुनामा रहेका कालिनागको विषको प्रभावले उहाँको छालाको रंग निलो भएको बताइन्छ ।

भगवान श्रीरामचन्द्र कसरी निलो ?
तपाई हेर्नुहोस आकाशको रंग निलो छ । समुन्द्रको रंग निलो । समुन्द्रको रंग त आकाशको छायाको कारण नीलो हो तर आकाश किन नीलो छ ? जुन चिज बिशाल हुन्छ, जस भित्र असीमितता हुन्छ त्यसको रंग नीलो हुन्छ ।

श्रीरामचन्द्रको नीलो वर्ण र कृष्णको नीलो कालो रंगको पछि एक दार्शनिक रहस्य छ। भगवानको यहि रंगले उहाँको व्यक्तित्वलाई दर्शाउछ । यसको पछि भाव छ भगवानको अनन्त व्यक्तित्व छ। यो अनन्तताको भाव हाम्रो आकाशसँग मिल्छ । आकाशको कुनै सीमा छैन । श्रीरामचन्द्र र कृष्णको रंग यसै आकाश अनन्तताको प्रतीक हो। श्रीरामचन्द्रको जन्म दिनमा भएको थियो । दिनको समयमा आकाशको रंग नीलो हुन्छ ।

यसै प्रकार कृष्णको जन्म आधी रातमा भएको थियो र रातको समय आकाशको रंग निलो कालो हुन्छ । दुवै परिस्थितिमा भगवानलाई हाम्रा ऋषि-मुनि र विद्वानले आकाशको रंगसँग प्रतीकात्मक तरिकाले निलो बनाएका छन् ।

विज्ञानका अनुसार प्रकाश भित्र जुन सपेक्ट्रममा सात रंग हुन्छ। रातो रंगदेखि नीलो सम्म त्यसमा पनि माथिल्लो हि’स्सा नीलो नै हुन्छ । भगवानलाई नीलो बनाएर हाम्रा सन्तहरुले यो सम्झाउन चाहे कि भगवान अथाहा हुनुहुन्छ । अनन्त हुनुहुन्छ । कल्पना भन्दा बाहिर हुनुहुन्छ ।

वैज्ञानिकहरु पनि यहि भन्छन् कि त्यो जुन अनन्त सत्य जसको हामी कल्पना गर्न सक्दैनौ त्यो कल्पनातीत छ । जसै तपाई कल्पना गर्नुहुन्छ त्यो अनन्त तत्वको अन्त्य हुनेछ ।

खुल्ला बोतल भित्र आकाशको जुन तत्व छ, त्यो असिमित छ जसै बोतल बन्द गरिन्छ त्यो असिमित तत्व सीमित हुन्छ । बोतल भित्र बन्द हुन्छ । यस्तै अनन्त तत्व यदि मन, बुद्धिको दायरामा बा’धिए, विचारमा वा’धिए त्यो फेरी अनन्त रहनेछैन । यसकारण त्यस अनन्त तत्वलाई सही रुपमा जान्नको लागि हामी मन, बुद्धि र कल्पना भन्दा बाहिर निस्कनुपर्छ ।

यहाँ सम्म कि जब हामी भगवानलाई अनन्त र अवर्णणीय मान्छौ । तब उहाँलाई अवर्णणीय भन्नु पनि वर्णन गर्नु हो । उहाँलाई निर्गुण भन्नुपनि गुण दिनु हो । ताकि निर्गुण पनि एक गुण हो । यस्तो स्थितिमा जो ज्ञानि छन् जसलाई श्रीरामचन्द्रात्माको अनुभूति भएको छ उनिहरु केवल मौन मात्र हुन्छन् ।

हाम्रो शास्त्र भित्र प्रमाण वृतिका तीन भाग बताइएको छ – पहिलो हो प्रत्यक्ष, दोस्रो अनुमान र तेस्रो हाम्रा शास्त्र । जस्तै कसैले आगोलाई देखेको छैन भन्यो भने बल्दै गरेको आगो देखाउनु त्यो प्रत्यक्ष प्रमाण भयो । भगवानले अर्जुनलाई प्रत्यक्ष रुपमा आफ्नो विराट रुप देखाउनुभयो ।

दोस्रो चीज हो अनुमान । जस्तै कुनै ठुलो हावा चल्छ तब हामी अनुमान लगाउन सक्छौ आधी आइरहेको हुनसक्छ । यदि नदिमा बाढि देखिए कतै पहाडतिर ठुलो पानी परिरहेको होला अनुमान लगाउछौ । टाढा कतै धुवा देखे कतै आगो जल्यो भन्ने लाग्छ । यी सबै अनुमान प्रमाण हुन् ।

यी दुई प्रमाण पश्चात मानिससँग शास्त्र प्रमाण रहन्छ जसभित्र हाम्रा सन्त महात्माहरुले आफ्नो अनुभवलाई लेखेका छन् । आफ्नो अनुभूतिलाई हामी माझ लेखेर छोडेका छन् कि मैले परमात्माको यस रुपको अनुभुति गरे । ती शास्त्र पढेर हामी अन्दाज लगाउन सक‍्छौ की श्रीरामचन्द्रात्मा अुभुतिको बिषय हो ।

केवल कथाको बिषय होइन । साथै सो अनुभुति हामीले पनि प्राप्त गर्नु पर्छ । यसकारण भगवानको बारेमा हामी पहिले खोज्नुपर्नेछ प्रत्यक्ष अनुभुतिको, अनुमान र शास्त्र त पछिका कुरा हुन् । सन्तहरु भन्छन्,’जब तिमीमा आफू भित्र अध्यात्मिक अनुभव हुनेछ तब तिमीलाई थाहा हुनेछ कि ‘धर्म’ के हो ‘परमात्मा’ के हो भनेर ।

यदि केवल शास्त्र पढेर भन्नेछौ कि ऋषिहरुलाई महा पुरुषहरुलाई अनुभव भएको थियो तब तिमीलाई केहि मिल्ने छैन । तिमी धर्मको वास्तविक मर्मलाई बुझ्न सकेनौ । आफ्नो छिमेकीको खेत हरियो हेरेर आफ्नो खेत हरियो हुदैन । भगवानको जुन अविनासी रुप छ त्यसलाई बुझ्नको लागि तिमी भाषा, शास्त्र भन्दा बाहिर गएर त्यसको अनुभव गर्नुपर्नेछ ।’

प्रतिक्रिया
ताजा अपडेट