शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

बिहे गरेर ल्याईएकी बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि…


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

भारतको लखनौमा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ । बिनयकुमार यादवका छोरा २८ वर्षीय धिरजकुमारले लखनौकै एक शहरबाट धनीराम बर्माकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन (टिकोटालो) गरिरहेको बेला बेहुलीले बच्चा जन्माएको स्थानीयले बताएका छन् ।

घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइतीघर पठाई दिएको छ, बेहुलाका आफन्तले जनाएको छ । रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका धीरजकुमारले ४ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको जनाएका छन् ।

धिरज कुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको बताएका छन् । जन्मेको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिने स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया