शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

राष्ट्र बैंकबाट बिदा भए गभ’र्नर नेपाल


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

काठमाडौं । गभ’र्नर चिरञ्जीवी नेपालले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरी आजबाट बिदा भएको छन् । २०७१ चैत ५ गते १६औं गभ’र्नरका रूपमा राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका नेपालले आजबाट आफ्नो कार्यकाल पूरा गरी औपचारिक रूपमा बिदा भएका हुन् ।

कामु गभ’र्नरको जिम्मेवारी शिवाकोटीलाई

गभ’र्नर नेपालले राष्ट्र बैंकबाट बिदा भएसँगै कामु गभ’र्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभ’र्नर चिन्तामणि शिवाकोटीले पाएका छन् । शिवाकोटीलाई भोलिबाटै कामु गभ’र्नरको जिम्मेवारी सम्हाल्ने गरी पत्र आइसकेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बाह्रखरीलाई बताए ।

सरकारले समयमै गभ’र्नर नियुक्त गर्न नसक्दा शिवाकोटीले कामु गभ’र्नरको जिम्मेवारी दिइएको हो ।नेपाल राष्ट्र बैंक ऐनके दफा २५ ले सामान्यतः बहालवाल गभ’र्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभ’र्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ । चिरञ्जीवी नेपाल कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बिदा हुँदासमेत राष्ट्र बैकले नयाँ गभ’र्नर पाउन नसकेको हो ।

प्रतिक्रिया
ताजा अपडेट