मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

सुनको मुल्य एकैदिन तोलामा २ हजार घट्यो


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

काठमाण्डाै – निरन्तर उकालो लागेको सुनको मुल्यमा मङ्गलबार एकैदिन तोलामा २ हजार घटेको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

महासंघका अनुसार सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८० रुपैयाँले घटेको छ। चादीको मुल्य सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट