शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

सबैभन्दा महँगो फुटबल टोली, लिभरपुल


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

काठमाडौं । इङ्गलिश क्लब लिभरपुल ट्रान्सफर बजारमा सर्वाधिक महँगो टोली ठहरिएको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको युरोपको शीर्ष पाँच लिगको सूचीमा लिभरपुल शीर्ष स्थानमा रहेको हो ।

लिभरपुलको मूल्य १.४ बिलियन पाउण्ड छ । यस्तै, दोस्रो स्थानको म्यानचेस्टर सिटीको मूल्य १.२४ बिलियन रहेको छ । सूचीको तेस्रो स्थानमा स्पेनी क्लब बार्सिलोना, चौंथो स्थानमा रियाल मड्रिड र पाँचौंमा चेल्सी छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), एट्लेटिको मड्रिड, टोटनहम र युभेन्ट्स क्रमशः छैटौं देखि दशौँ स्थानमा रहेका छन्। सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक मूल्यलाई आधार बनाएर सूची निकालेको जनाएको छ ।–एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट