मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।
आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०४ गते (मंगलबार) दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०५ गते (बुधबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

चैत्र ०६ गते (बिहिबार)
दिउँसोः देशको पहाडी भू-भागमासामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट