शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

बिनालाइसेन्स चलाउन मिल्ने कार बजारमा


  • स्वदेश नेपाल
  • सोम, चैत्र ३, २०७६

काठमाडौं – लाइसेन्सबिना पनि चलाउन मिल्ने कार सार्वजनिक भएको छ ।

सिट्रोएना कम्पनीले सार्वजनिक गरेको छोटो इलेक्ट्रिक कार एमी फ्रान्सका बजारमा उपलब्ध हुन थालेको छ । यसलाई छिट्टै विश्व बजारभर विस्तार गरिने सिट्रोएनाले जनाएको छ ।

एमी मात्रै २.४१ मिटर अर्थात ७ फिट ११ इन्च लामो रहेको छ । कम्पनीले यसलाई कार नभनी क्वाडसाइकल भएको बताएको छ । यो कार नभएकाले यसलाई बच्चाहरुले पनि चलाउन सक्नेछन् ।

कम्पनीले यस क्वाडसाईकललाई चलाउन कुनै पनि प्रकारको लाईसेन्सको आवश्यकता नरहेको र यसलाई १४ वर्षदेखि १६ वर्षसम्मका बच्चाहरुले पनि चलाउन सक्ने दावी गरेको छ ।

६ हजार यूरो मूल्य राखिएको यो कारका लागि २ हजार ६४४ युरो शुरुवाती भुक्तान गरिसकेपछि १९.९९ डलर प्रति महिना किस्ता तिर्ने गरी लान सक्नेछन् ।

कम्पनिका अनुसार यो कार ४५ किलोमिटर प्रति घन्टाको गतिमा कुद्न सक्दछ । तर एक पटक चार्ज गरेपछि ७० किलोमिटर भन्दा बढीको दूरी भन्दा बढी भने नगुड्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया