शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?


  • स्वदेश नेपाल
  • सोम, चैत्र ३, २०७६

काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ ।

आइतवार छापावाला सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज छापवाला सुन तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया