मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

कोरोना त्रासः युरोकप फुटबल सार्न आग्रह


  • स्वदेश नेपाल
  • सोम, चैत्र ३, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटाली फुटबल महासंघले युरो २०२० स्थगित गर्न आह्वान गरेको छ ।

स्थगित रहेको सिरी ‘ए’ को बाँकी खेल पुरा गर्न इटालीले युरोकप स्थगित गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफुले सो प्रस्ताव लैजाने बताएका छन् ।

सिरि ए फुटबल गत मंगलबारबाट स्थगित छ । भाईरसका कारण ईटालीले सबैभन्दा ठुलो घाटा ब्यहोरेको छ ।

युईएफले मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसंग छलफल गर्दैछ । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म सञ्चालन गर्ने तयारी छ ।

युरोकप पुर्व तालिका भन्दा एक महिना ढिलो गरि लिग सक्ने महासंघको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट