आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगित


  • स्वदेश नेपाल
  • आइत, चैत्र २, २०७६

काठमाडौँ । भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगित भएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अर्को सुचना जारी नभएसम्मका लागि सबै घरेलु प्रतियोगिता स्थगित गरिएको जनाएको हो ।

विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगित भएको छ । भारतले यसअघि दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय खेल पनि रद्व गरिसकेको छ ।

रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगीत गरिएको छ । ईरानी कपसंगै सिनियर महिला एकदिवसीय नकआउट, विज्जी ट्रफी, सिनियर महिला एक दिवसीय च्यालेन्जर, महिला अन्डर-१९ एकदिवसीय नकआउट, महिला एकदिवसीय अन्डर-१९ स्थगित भएका छन् ।

यस्तै टी-२० लिग, सपुर लिग र नकआउट, महिला अन्डर-१९ टी २० च्यालेन्जर ट्रफी, महिला अन्डर-२३ नकआउट, महिला अन्डर-२३ एकदिवसीय च्यालेन्जर जस्ता प्रतियोगिता पनि स्थगित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट