आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

यस्तो छ तीन दिनको मौसम : पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना


  • स्वदेश नेपाल
  • आइत, चैत्र २, २०७६

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार विहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

विभागले देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्यांङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (आइतबार) दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्यांङसहित वर्षाको सम्भावना रहेको छ। रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

चैत्र ०३ गते (सोमबार) दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०४ गते (मंगलबार) दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया