मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

रहेनन् वरिष्ठ साहित्यकार डीपी भण्डारी


  • स्वदेश नेपाल
  • शनि, चैत्र १, २०७६

वरिष्ठ साहित्यकार प्रा. डा. डीपी भण्डारीको निधन भएको छ। ८५ वर्षीय साहित्यका भण्डारीको शनिबार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अस्पतालका निर्देशक अनिल ओड्युभिलले भण्डारीको शनिबार बिहान पौने १२ बजे निधन भएको बताए। श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारी गत फागुन २१ गते अस्पतालमा भर्ना भएका थिए।

लामो समय त्रिभुवन विश्वद्यिालयका प्रध्यापन गरेका भण्डारीका उपन्यास, निबन्ध लगायतबका साहित्यिक कृतिहरु प्रकाशित छन्। उनले विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनसमेत गरेका थिए।

भण्डारीको आजै पशुपति आर्यघाटमा दा’हसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए। उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन्। साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन्।

प्रतिक्रिया
ताजा अपडेट