मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

‘आइतबारसम्म मौसम बदली, असिना–पानी र च’ट्याङ पर्ने सम्भावना’


  • स्वदेश नेपाल
  • शनि, चैत्र १, २०७६

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा च’ट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि महाशाखाले जनाएको छ । हिउँद सकिएर हल्का गर्मी बढ्न सुरु गरेकोमा शुक्रबारदेखि पुनः मौसममा बदली आएर चिसो बढाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार बाटै देशभर बिहानैदेखि सामान्य हावाहुरीसहित पानी परेको छ । बंगालको खाडी र अरबको सागरबाट उठेको जलवाष्पीकरण नेपाल आइपुगेपछि मौसममा फेरबदल आएको हो ।

शुक्रबार देशका हिमाली तथा मध्य पहाडी भू–भागमा हल्का हिमपात र पानी परेपनि शनिबार र आइतबार बिहानसम्म मेघगर्जन, च’ट्याङ र असिना–पानीको सम्भावना बलियो रहेको महाशाखाको भनाइ छ ।

जलवायु परिवर्तनकै कारण धनजनको क्षति हुँदै आएपनि यसमा तीनै तहका सरकारले मौसममा बदलीको सूचना संयन्त्र बलियो पार्न आवश्यक रहेको जलवायु तथा वातावरणविज्ञ डा. धरमराज उप्रेती बताउँछन् ।

यसै पनि अब मौसम परिवर्तनमा हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ । त्यसैले सर्वसाधारणले सचेत बन्नु जरुरी छ ।

प्रतिक्रिया
ताजा अपडेट