शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

विचित्र संसार : मतदाता परिचयपत्रमा कुकुरको फोटो


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २९, २०७६

हामी कहाँ १८ बर्ष उमेर पार गरेकाहरुले आफुले चाहेको उम्मेदारलाई मतदात गरी निर्वाचित गराउने अधिकार दिइएको छ ।

मतदान गर्न मतदाता परिचय पत्र आवश्यक हुन्छ । जसमा मतदाताको सम्पुर्ण विवरण उल्लेख हुन्छ । तर कुनै मतदाताको परिचय पत्रमा उसको तस्वीरको सट्टा कुकुरको फोटो आयो भने के होला ?

भारतका एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टामा कुकुरको तस्वीर अकिंत भएको छ ।भारतको पश्चिम बंगाल प्रदेशको मुर्शीदाबादका निर्वाचन अधिकारीको ला`परबाहिले एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टा कुकुरको तस्वीर अंकित भएको छ ।

मुर्शिदाबाद, रामनगरका निवासी सुनील कर्मकार भोटर आइडी कार्डमा कुकुरको तस्वीर अकिंत भएपछि उनको आक्रोशको सीमा नै रहेन ।उनले यस्तो लापरबाही हुनुमा निर्वाचन अधिकारी दो`षी भएकाले यसबाट आफ्नो अपमान भएको बताएका छन् ।

यस बिषयमा सुनीलले आक्रोशित हुदैं सरकारको समेत ध्यानाकर्षण गराएका छन् । उनले कुकुरको फोटो देखिदेखि आफ्नो परिचय पत्रमा हस्ताक्षर गरेकोमा अपमान भएको भन्दै अदालत जाने बताएका छन् ।

यस बिषयको जानकारी पाए लगत्तै निर्वाचय आयुक्तले यस घटनामा छानबिन गर्ने बताएका छन् ।

प्रतिक्रिया