आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

संसारको सबैभन्दा ‘ड`रलाग्दो’ बिरालो, जसको इन्स्टाग्राममा छन् २२ हजार बढी फलोअर्स


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २९, २०७६

सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।

यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा ड`रलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी शहरमा बस्छ ।जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।

जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रिसाएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् ।

कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् ।

प्रतिक्रिया