मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

मौसमः आज पनि मेघगर्जन र च’ट्याङसहित वर्षाको संभावना


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २९, २०७६

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/च’ट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना रहेकोले हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २९ गते (बिहिबार) दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन ३० गते (शुक्रबार) दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

चैत्र ०१ गते (शनिबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/च’ट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।

रातिः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/च’ट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट