शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

सुनको मूल्य वृद्धिमा ब्रेक, प्रतितोलामा घट्याे यति सयले


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन २८, २०७६

काठमाडौं- नेपाली बजारमा लगातालर बढिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ। मंगलबारसम्म निरन्तर बढेको सुनको मूल्य बुधबार भने घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुनको मूल्य बुधबार प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार तेजावी सुन प्रतितोला ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर देखिएको छ। मंगलबार ८ सय ८० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि त्यति नै तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट