शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

आजको मौसम : मेघ गर्जन तथा च’ट्याङसहित वर्षाको सम्भावना


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन २८, २०७६

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभावले मेघ-गर्जन/च’ट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। आज विहान देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २८ गते (बुधबार) दिउँसोः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/च’ट्याङसहित वर्षाको सम्भावना छ।

रातिः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २९ गते (बिहिबार) दिउँसोः देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन ३० गते (शुक्रबार) दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/च’ट्याङ सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ-गर्जन/च’ट्याङ र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/च’ट्याङ सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया