शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

इतिहासकै महङ्गो भयो सुन तोलामा यतिले बढ्दा,,


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन २७, २०७६

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन मंगलबार (सोमबार बन्द भएको) बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ ।

मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।आइतबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ८२ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायमा भएको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । मंगलबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

चाँदी भने मंगलबार १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया