आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

विमानसँगको अनौठो प्रेमपछि विवाह गर्दै यी महिला


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन २६, २०७६

काठमाडौं – जर्मनीकी ३० वर्षीया युवती मिहेल कोबकेले विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन् ।

विवाह नेदरल्याण्डको आम्स्टर्डममा यही मार्च महिनाभित्र हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् ।

त्यही समयदेखि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने योजना बनाइन् । कोबकेलाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ ।

उनका अनुसार, यो उनको लामो दुरीको प्रेम हो । उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन् । जर्मन भाषमा सात्स भनेको मनपर्ने मान्छे हो ।

विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । उनको विमान कालिगढ बन्ने सपना छ । विमानसँग आफूलाई टाढा राख्न नसकेकिन् उनले खेलौना विमान किनेर सँगै सुत्दै आएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट