शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

नेपालमा कम्युनिस्टहरु कसरी चम्के ?


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन २६, २०७६

जनकमान डङ्गोल –२०४६ साल सम्म पंक्तिकारले कांग्रेस र कम्युनिस्टको शब्दार्थ बुझेको थिएन । २०२३ सालमा जन्मेको पंक्तिकारले राजनीति पार्टी बुझेको २०४६ साल पछी हो । कांग्रेस र पार्टीको अर्थ बुझ्न २३ बर्ष लाग्यो ।

स्वदेसको सरकारी जागिरमा २० बर्ष पाखुरी खैचिंदा पनि जाहाँ बालबच्चा पाल्न धौ धौ भएको कारणले गर्दा बिदेसिनु परेको हुँदा पंक्तिकारले स्वदेस मात्र नभएर बिदेसको राजनीति समेत बुझ्ने मौका पाएको छ ।

पंक्तिकार २०४१ सालमा सत्य सेवा सुरक्षणको मन्त्र जप्दै जन समुदायको सेवा भन्दै नेपाल प्रहरीको जागिरे । जागिरको दौरानमा धेरै स्थान चाहार्ने मौका पाईयो । हिजो पंचायती शासनमा कांग्रेस र कम्युनिस्टको नेताहरुले भोगेको दुख: र कस्ट पनि राम्रै संग देखेको छ ।

पंचायत हैन बहुदल चाहियो भन्दै नेपाली कांग्रेसले २०३६ सालमा माग गरेकै हो । त्यो भन्दा अगाडी २०३३ सालमा पंचायत सिध्याउने भन्दै शसस्त्र युद्दको अभ्यास गर्दै हिंडेका पनि हुन ।

“कांग्रेसको माग अनुसार विक्रम सम्वत २०३६ जेठ १० (मे २४, १९७९) गते श्री ५ बाट बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत लिने घोषणा भयो । सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सं. २०३७ बैशाख २० (मे २, १९८०) गते जनमत सङ्ग्रह गरिने घोषणा भयो । जनमत सङ्ग्रहको परिणाम २०३७ साल जेठ १ (मे १४, १९८०) गते भएको थियो । जसमा पञ्चायतले  २४,३३,४५२ र बहुदलले २०,०७,९६५ मत प्राप्त गरेका थिए  । पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा विजय प्राप्त गरेको थियो ।”

निर्वाचन परिणामलाई स्वीकारेको ५ बर्ष नकट्दै पंचायत बिरुद्ध देशभर बम काण्ड मच्चाइयो । ४५ सालमा कम्युनिस्ट संग लगन गाँठो कसेर सुरु गरेको आन्दोलन अनि छिमेकी भारतले १८ महिना सम्म लगाई दिएको नाकाबन्दीको कारणले गर्दा पंचायतलाई निलम्बन गर्दै नेपालमा दोश्रो पटक प्रजातन्त्रको पुनर्स्थापना भएको थियो ।

कांग्रेसहरु अल्छी र चाटुकारितामा  बिस्वास राख्ने पार्टी हुन भने कम्युनिस्टहरु त्यसको ठिक बिपरित छन । हिजो प्रतिबन्धित समयमा जनताको घर दैलोमा गएर गुलियो भाषा बोल्दै जनतालाई गोलबन्द गरेर हिडनेहरु पनि कम्युनिस्टहरु नै हुन । हिजोका त्यहि कामलाई आज सम्म पनि छाडेका छैनन । संगठन बिस्तार गर्नमा कम्युनिस्ट पार्टीहरु लाई कसैले पनि जित्न सक्दैनन ।

नयाँ नयाँ जुक्ति निकाल्न माहिर कम्युनिस्ट शासकहरुले बितेका केहि बर्ष देखि टोलटोलमा टोल बिकास, सहकारी जस्ता संस्थाहरु खोल्दै सरकारी स्कुल देखि संस्थाहरुमा आफ्नो पार्टीका कार्यकर्ताहरु मनग्गे भर्ति गरेका छन । टोल छिमेकमा बिहे भयो भने आफ्नो पार्टीका महिला कार्यकर्ताहरु खटाएर रत्यौली खेल्न लगाउन समेत लगाएको देखिएको छ ।

यसको ठिक बिपरित छ नेपाली कांग्रेस पार्टीमा । ४५ सालमा कम्युनिस्ट पार्टीको बुई चढेर पटक पटक सत्ताको शिखर चढन सफल भएको कांग्रेस पार्टीले संगठन बिस्तार गर्न भने जानेनन वा जानेर पनि जान्ने कोसिस गरेनन । नतिजा अहिले राम्रै संग भोग्दैछ ।

‘रास्ट्रियता, प्रजातन्त्र र समाजबाद’ कांग्रेस पार्टीको नारा हो । त्यहि नारालाई परिमार्जन गरेर रा.प्र.पा ले ‘रास्ट्रियता, प्रजातन्त्र र उदारबाद’ बनायो । २०५१ साल पछी चम्केको रा.प्र.पा का टाउकेहरु एकजुट हुन सकेनन । चुनावको मुखमा आएर पार्टी फुटाउंदाको परिणाम अहिले भोग्दैछ्न ।

कम्युनिस्ट पार्टीमा लाग्ने खाँटी आस्थावानहरु हिजोको दुख: सम्झिदै आज हैन भोलिको दिनमा बिस्वास गर्ने भएर होला जतिसुकै अन्याय र अत्याचार भए पनि त्यसमा पार्टी र पार्टीको नेताहरुको बिरोध कहिले पनि गर्दैनन । पीडालाई मनमा नै गुमस्यायर राख्छन तर बाहिर देखाउदैनन । झापा बिद्रोह देखि जनयुद्ध देखेका छन बुझेका छन र भोगेका पनि छन ।

“हिजो जनयुद्ध लड्नेहरु पनि कम्युनिस्ट नै थिए । १२ बर्षको दौरानमा १७ हजारको संख्यामा मारिनेहरुमा एमाले देखि कांग्रेस नामको पार्टीका सिपाहीहरु पनि थिए । टिकापुरको घटनामा मारिने पुलिसको अधिकृत देखि जवानहरु पनि आफ्नै भाईबंधु हुन भन्ने हेक्का राखेका भए आफ्नै पार्टीका सिपाहीहरुको हत्याराहरु संग लगन गाँठो कस्न खोज्दा हुँदैन भनेर बिरोध गरेको देखिएन । बफादारिताको यो भन्दा ठुलो उदाहरण अरु के दिनु । यस्तै बफादारिता देश, राजा र पंचायती ब्यबस्था प्रति गरेका भए आज यस्तो दुर्दिन पक्कै पनि देख्नु पर्दैन थियो।”

नेपालमा जुटने र फुटने खेल राणा शासनकै पाला देखि चल्दै आएको हो । अहिले फेरी पुर्व पन्चहरुको पार्टी एकीकरण भएको समाचार आएको छ । फुट्नु राम्रो हैन । जुट्नु राम्रै हो ।

रास्ट्रियता, प्रजातन्त्र, समाजबाद देखि उदारबादको नारा लगाउने कांग्रेस हुन या रा.प्र.पा । यिनीहरु राजतन्त्र देखि धर्म बिरोधि भने पक्कै पनि हैनन । केहि समय मोतिबिन्दुले ग्रस्त भएका थिए । जनताले मत मार्फत गरि दिएको उपचार पछी यिनीहरुको आँखा त खुलेका छन तर पार्टी भित्रका केहि भाईरसहरुको प्रभावमा परेर राजा र हिन्दु धर्म चाहिन्छ भनेर सिधै भन्न सकेका छैनन ।

कांग्रेस पार्टीको संस्थापक नेताहरु मध्येको एकजना स्व.बि.पी कोईरालाले आफु बाचुन्जेल कम्युनिस्टहरुको संगत कहिले पनि गरेनन । कम्युनिस्टहरु जुटमा भन्दा फुटमा रमाउछन र देस र जनताको हित गर्दैन भन्ने बिस्वास पालेका र पालना समेत गरेका आफ्नै नेताको अठोटलाई बुझेका भए २००७ सालमा जस्तै गरि २०४५ सालमा पनि एक्लैले आन्दोलन हाक्न सक्नु पर्थ्यो । भिन्न विचारधारा मान्नेको संगत गर्दा आज कांग्रेस पार्टी नराम्रो संग दलदले खाल्डोमा गाडिएको छ । दलदले खाल्डोबाट निस्किने हो भने समान विचारधारा भएकाहरु को संगत गर्न सिक्नु पर्दछ ।

कांग्रेस र रा.प्र.पा हरुको संस्कार देखि विचारधारा एकै हो ।  कांग्रेस पार्टीका आफ्ना जन्मदाताले भन्ने गरेको ‘देशलाई संकट परेको समयमा राजाको गर्धन मुनि मेरो माथि’ भन्ने बाक्यांसलाई सम्झेका छन भने यतिखेर देशमा ठुलो संकट परेको छ । त्यो संकट पनि हामीले नै निम्त्याएको हौ भन्ने कुरालाई मनन गर्दै पार्टी भित्र गुटबन्दी गर्न छाडेर सबै रास्ट्रबादी शक्तिहरु संग हातेमालो गर्दै जनताको घरदैलोमा गएर आत्मालोचना देखि माफी माग्दै कम्युनिस्टको भ्रम तथा मायाजालबाट मुक्त गर्न सक्नु पर्दछ । यदि त्यसो गर्न सक्दैनन भने पार्टी मात्र हैन देशको नामनै भूगोलबाट मेटिन सक्छ ।

प्रकाशित मिति: २०७६/११/२६ गते ।

प्रतिक्रिया
ताजा अपडेट