आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

१०३ वर्षका दुलहा, २७ वर्षकी दुलहीः विवाहमाथि प्रश्नको ओइरो


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन २५, २०७६

इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर चर्चामा छाएका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् ।

फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि यो अरेन्ज म्यारिजविरुद्ध आवाज उठेको छ । कतिले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए ।

‘हो, यो साँचो हो । यो विवाह आज दिउँसो जालान गालिको स्ट्रिटमा भएको बेहुलीको घरमा आयोजना भएको हो,’ आयु अन्ग्रेनी मुचातार, बेहुलाका आफन्तले स्थानीय समाचार एजेन्सी लिपुतानसिक्सलाई भने । ‘मलाई उनको सही उमेर थाहा छैन तर उनी पक्कै पनि सय वर्ष माथिका हुन्, उनी डच कोलोनियल वार फाइ`टर हुन् । उनकी श्रीमती २० वर्षको हाराहारीमा छिन् ।’

ट्रिबन न्यूजले पछि नव विवाहित जोडीको निश्चित उमेर उल्लेख गरेको छ । ट्रिबनले कट्टे १ सय ३ वर्ष र अलंग २७ वर्ष भएको पुष्टि गरेको छ । यी दुई बीचको ७६ वर्षको उमेर भिन्नताले सबै चकित छन् ।

सन् २०१७ मा पनि अडिटी सेन्ट्रलले ७१ वर्षीया महिलाले १६ वर्षे किशोरसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । यसका साथै इन्डोनेशियाली मिडियाले १ सय ३ वर्षका पुरुषले आफूभन्दा ६६ वर्ष कान्छी युवतीसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो ।

फेसबुक तथा ट्वीटरमा सार्वजनिक भएको भिडियोमा वृद्ध दुलहालाई एक व्यक्तिले डाहोर्‍याउँदै विवाह स्थलसम्म पुर्‍याएको देखिएको छ । कतिले यो विवाहमाथि प्रश्न तेर्साएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट