आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान !


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन २५, २०७६

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गर्दै विभागले आज मुलुकका पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली हुने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २५ गते (आइतबार)
दिउँसोः देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातिः देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २७ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक बदली रहनेछ। अपारान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातिः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावाना छ।

प्रतिक्रिया
ताजा अपडेट