शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

कोरोना भाइरसबाट संक्र`मित भएको हो कि भन्ने डरले , श्रीमतीलाई बाथरुममा थुनिदिए


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन २१, २०७६

एक व्यक्तिले कोरोना भाइ`रसबाट संक्र`मित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइ`रस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ ।

बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमानले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय लिएको दाबी गरे ।

डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्र`मण नदेखिएको स्रोतले बताएको छ ।

श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् ।

खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् डराएका रहेछन् । स्मरण रहोस्, लिथुआनियामा अहिलेसम्म कोरोना भाइरसको एकजना पनि संक्र`मित भेटिएका छैनन् ।

संसारका करिब ७० देशमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यसमा चीन, इरान र दक्षिण कोरियामा सबैभन्दा धेरै मामला सार्वजनिक भएका छन् ।

संसारभरी कोरोनाभाइ`रसका ९० हजार ९ सय ३२ संक्रमित छन् भने यसबाट मृ`त्यु हुनेको संख्या ३ हजार १ सय १९ छ । साथै ४८ हजार १ सय ७४ निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया