शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

ब्वायफ्रेण्डको आवाज सुन्न छाडेको भन्दै एक युवती अस्पतालमा


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन १९, २०७६

एजेन्सी । संसारमा मानिसहरुलाई बिभिन्न किसिमका रोगहरु लाग्दछन् । बिभिन्न अन्तराष्ट्रिय समाचारका अनुसार संसारमा एउटी यस्ती महिला छिन् जो पुरुषको आवाज सुन्न सक्दिनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार पहिले चेन नाम गरेकी ति महिलामा त्यस्तो समस्या थिएन । तर पछिल्लो समय उनी त्यस अनौठो रोगसँग संघर्ष गरिरहेकी छिन्।

यस समस्या आउदा शुरुमा उनको कानमा राती घण्टी बजेझैँ भयो । त्यसपछि ती महिलालाई बान्ता आउन थाल्यो । र उनको कानले सुन्न छाड्यो । उनलाई ।। भन्ने रोग लागेको डाक्टरहरु बताउँदछन् ।

उक्त रोगका कारण उनले न्यून आवृत्तिको आवाज सुन्न सक्दैन । पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले यस रोगका लागेपछि पुरुषको आवाज नसुन्ने समस्या आउने गर्छ । तर महिलाको आवाज भने पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएकोले ति महिलाले समेत सुन्ने गर्छिन् ।

आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेको भन्दै ती युवती अस्पतालमा पुगेकी थिइन् ।

प्रतिक्रिया