मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

बिदेसीको हालीमुहाली, दोष कस्को ?


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन १८, २०७६

२०४६ सालमा नेपालमा प्रजातन्त्र स्थापना भए पश्चात कांग्रेसका नेताहरुले चुनावको समयमा देशलाई स्विजरल्याण्ड बनाउछौ भनेर भाषण गरे । कांग्रेसी नेताहरु भन्दा एक कदम अगाडी बढेर कम्युनिस्ट पार्टीका नेताहरुले सिङ्गापुर बनाई दिन्छौ भनेर भन्न भ्याए । देस न सिंगापुर बन्यो न त स्विजरल्याण्डनै ।

राणाहरु निरंकुश थिए । आफ्नाले मात्र शासन चलाउनु पर्छ भन्ने मान्यता राखेर स्थापना भएको राणा शासनकालमा बिकास नै भएन भनेर भन्न मिल्दैन । युरोप मोडलमा स्थापना भएको बिकास निर्माणको कार्यमा रज्जुमार्ग (रोपवे) पनि पर्दछ ।

राणाको शासनकालमा राधानी आउने राजमार्गहरुको बिकास नभएको हुँदा उक्त समयमा सवारी चलाउने बाटो निर्माण गर्नु चानचुने कुरा थिएन । चुरेको अजंग पहाड खोपेर सुरुंग बनाई हेटौडा सम्म आउने बाटो बनाएता पनि त्यस पछी राजधानी छिचोल्ने बाटोको निर्माण गर्न सकेनन । सामान ढुवानी गर्न सजिलो होस् भन्ने उद्धेश्यले राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा ६४ लाख डलर खर्च गरेर नेपालमा रोपवेको स्थापना भएको थियो । रोपवे स्थापनाको मुख्य उद्धेश्य भारतको रक्सौलबाट रेलमार्ग हुँदै नेपालको अमलेखगंज सम्म ढुवानी भै आएको सरसामानहरु अमलेखगंजबाट लहरीमा हेटौडा ल्याई हेटौडा बाट रोपवेको माध्यमबाट राजधानी पठाउन सजिलो होस भन्ने थियो ।

स्थापना हुँदा मकवानपुरको धोर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म मात्र रोपवे संचालन हुन्थ्यो  । त्यस समय काठमाडौंको भन्सार टेकुमा रहेका कारण मातातीर्थसम्म रोपवेबाट पुगेका सामग्री ट्रली निर्माण गरी टेकु पुर्‍याउने गरिएको थियो । २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावरहाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरियो । ०१६ सालमा फेरि रोपवे हेटौँडा–मातातीर्थ–टेकुसम्म निर्माण गरी २०२० सालबाट सञ्चालन हुन थालेको थियो ।

हेटौँडा–मातातीर्थ–टेकुसम्म फैलिएको रोपवेको लम्बाइ ४२.२ किलोमिटर थियो । ०२० सालबाट सञ्चालन सुरु गरेको रोपवेका आठवटा टर्मिनल र सातवटा स्टेसन थिए । तीन सय ५३ वटा टावर थिए । सुरुमा तीन सय ६० वटा डम्बा (क्यारियर) रहेकामा ०५५ सालसम्म आइपुग्दा घटेर एक सय ६० वटा मात्र बाँकी थिए ।

मकवानपुरको भैँसेस्थित सबस्टेसनमा बिग्रको तार र ट्रान्सफर्मर मर्मत–सम्भारका लागि सरकारले रकम उपलब्ध गराउन नसक्दा ०५६ सालमा नै रोपवे बन्द भएको हो ।   मकवानपुरको धोर्सिङदेखि काठमाडौंको कीर्तिपुरसम्म ४२ किलोमिटर लामो तार अहिले पनि लत्रिरहेको छ । लत्रेको तारमा स्थानीयले कपडा सुकाउने गरेका छन् ।  हेटौँडाबाट भैँसे हुँदै काठमाडौं जाने यात्रुले मकवानपुरको भैँसेमा अझै पनि रोपवेको सबस्टेसन देख्न सक्छन । त्यसो त काठमाडौंको कीर्तिपुरमा पनि यसको अस्तित्व बाँकी छ ।

विसं १९६३ मा अमेरिकी सरकारले रोपवे बनाइदिएको हो । भैँसेस्थित सबस्टेसनमा बिग्रेको तार र ट्रान्सफर्मर मर्मत–सम्भारका लागि सरकारले रकम उपलब्ध नगराउँदा रोपवे ०५६ साल वैशाखदेखि बन्द भएको हो । त्यसलाई सरकारले ०५९ सालमा मन्त्रिपरिषद्बाट निर्णय नै गरेर खारेज गरेपछि यो इतिहासमा मात्र सीमित हुने पक्का भएको छ । बन्द हुनुअघिसम्म रोपवे दैनिक १० घन्टा चल्थ्यो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित दैनिक २२० टन सामान ओसारपसार गर्ने रोपवे सेवामा नौ सयले रोजगारी पाएका थिए ।

रोपवेकै जस्तो हालत जुटमिल, कागज, कपडा, चुरोट, चिनि तथा रबर कारखाना, नेपाल यातायात संस्थानको ट्रक तथा कन्टेनर सेवा, ट्रली बस लगाएत अन्य थुप्रै उधोग कलकारखानाहरु बन्न पुगेको छ । पंचायती शासनले आफ्ना देशका नागरिकहरुले रोजगार पाउंन भनेर खोलिएको उधोग धन्दा बन्द हुँदा हज्जारौ हज्जार नेपाली नागरिकहरु बेरोजगार भए पछी बिदेसिनु परेको छ ।

छिमेकी भारतले नेपालको शासकहरुले आफ्नो अधिनमा बस्नु पर्छ भन्ने मान्यता राख्दै व्यापार तथा पारबहन सन्धिको निउँमा नेपाली जनताहरुलाई दुख: दिने उद्धेश्यले समय समयमा नेपालमा नाकाबन्दी लगाउने गरेको छ । नाकाबन्दीको समय आफ्नै देशमा उत्पादन भएको सामान ढुवानी गर्न महत्वपूर्ण भूमिका खेल्ने रोपवे बन्द गराएर कांग्रेस तथा कम्युनिस्ट पार्टीका अदुरदर्शी नेताहरुले आफ्नो खुट्टामा आफैले बन्चरो प्रहार गरेका छन ।

पंचायती शासनमा नेपालमा थुप्रै औधोगिक कल कारखानाहरु स्थापना भयो । आफ्नै देसमा स्थापना भएको उधोग कलकारखानाहरुमा हाकिम देखि मजदुर सम्मका नेपाली जनशक्तिले रोजगार पाएका थिए ।  राजाको चाहनामा पंचायती सरकारले खोलेको उधोगधन्दा लाई २०४६ सालको प्रजातन्त्र स्थापना पश्चात निजिकरणको नाउँमा कांग्रेस सरकारले कौडीको भाउमा बेच्न सुरु गर्यो । कांग्रेस पछिको कम्युनिस्ट सरकारले पनि कांग्रेसकै सिको सिक्यो । देसमा उधोगधन्दा तथा कलकारखाना आफ्नै पौरखमा चल्नु पर्छ भन्ने सोच बनाएको भए १०/१२ लाख खर्चेर रोपवे मर्मत गर्थे होलान । ट्रली बस बन्द हुदैन थियो । आफ्नै ट्रक तथा कन्टेनर सेवाले सस्तोमा सामान ढुवानी हर्न पाउथे । आफ्नै देशमा रोजगार पाउँदा बिदेसमा पसिना बगाउन जानु पर्दैन थियो । उधोग कल कारखाना बन्द गर्दा हज्जारौको रोजीरोटी गुम्छ भन्ने हेक्का किन राखेनन ?

अन्य देशको तुलनामा भारतीयहरु हेपाहा प्रवृतिका हुन्छन । हिजो अंग्रेजको गुलाम बन्न बाध्य भएका तिनै भारतीयहरु आफु गुलामीको पन्जाबाट छुटे पनि सिको भने अंग्रेजकै गर्छन । आर्काको देसमा रोजगार गर्न जाँदा सभ्य र सिस्ठ बन्नु पर्छ भन्ने सोच हुनु पर्नेमा आफुलाई भारतीय नभएर बेलायति बाबु सम्झिदै  आफु भन्दा कनिस्टलाई दासको ब्यबहार गर्न पछी पर्दैनन । बाबुगिरीमा भारत अब्बल छन । उदाहरण खोज्न भारतनै पुग्नु पर्दैन । यतै खुलेका उधोगहरुमा गएर हेरे पुग्छ ।

नेपालमा अहिले सत्ता र भत्ताको तर मार्ने कांग्रेस देखि कम्युनिस्ट पार्टीहरुको स्थापना छिमेकी भारतमै भएको हो । भारतकै इसारामा चल्न रुचाउछन । चुनाव जितेर  सत्तामा पुग्नासाथ आफ्ना जन्मदाताको आशिर्वाद लिन दिल्ली पुग्छन ।

‘जसको सिदा उसैको गीता’ भन्ने उखानलाई कांग्रेस र कम्युनिस्टका नेताहरुले चरितार्थ पारेका छन ।  सरकारी उधोगको निजीकरण पछी नेपालमा उधोगधन्दा नखुलेको हैन । सयमा नभएर हज्जारौंको संख्यामा खुलेका छन । जो जसले खोले खोल्नेहरुले ठुला ठुला महत्वपूर्ण पदहरुमा आफ्नै देसका जनसक्ति खटाएर नेपालीहरु लाई विदेसीको yesman बन्न बाध्य पारिएका छन । सयमा १० मजदुर भर्ना गरेर बाँकी ९० करारमा लिन्छन त्यो पनि कामदार सप्लाई गर्ने एजेन्सीहरु बाट । बिस्वास लाग्दैन भने बहुरास्ट्रिय देखि भारतका उधोगपतिहरुले खोलेको उधोगहरुमा गएर हेरे पुग्छ ।

नेपालमा पार्टीहरुको भातृसंगठन नभएको पनि हैन । जसरि पार्टीका नेताहरु भारत भक्त छन त्यहि सिको युनियनका नेताहरुले गरेका छन । मजदुरहरुको हक हितको लागी भनेर खोलिएको युनियनका नेताहरु देखावटीरुपमा फ्याक्ट्री मालिकको बिरोध गरेको जस्तो गर्छन । मजदुरको अगाडी बिरोध गरिएन भने नेता बन्न पाइदैन । बाहिर बिरोध गरेता पनि भित्रि साँठगाँठ गरेर आफ्नो दुनो सोझ्याएका छन । यदि मजदुरको पक्षमा हुन्थे भने खुलेका सबै उधोग कलकारखाना मा कन्ट्रयाकमा मजदुर राख्न पाईदैन । बिदेसी मजदुर भर्ना नगर । म्यानेजम्यांट नेपालीनै राख अनि बन्द भएको उधोग संस्थानहरु खोल भनेर भन्थे होलान, तर त्यसो भन्न किन सकेनन, किन सक्दैनन ?

उत्तर स्पष्ट छ । पंक्तिकारले माथि पनि उल्लेख गरि सकेको छ । नेपाली माटोमा खुलेको दल तथा पार्टी भए आफ्नै माटोको माया हुन्थ्यो । जुन देसमा गएर पार्टी खोले । बैंस उतै बिताए । उताकालाई आफ्नो बनाए र आफ्नालाई पराई बनाए पछी देखिने नतिजा यस्तै हुन्छ । त्यसैले अहिले देसमा आफ्नो हैन बिदेसी प्यारो लाग्ने गरेको छ । नपत्याए कोरोना भाईरस जसरि सल्किदै गएको ईसाइ धर्म , बिदेसिले दिएको आदेस अनि बिदेसीले खोलेको उधोगलाई हेरे पुग्छ ।

दोष नेताहरुलाई मात्र दिंदा अन्याय होला । नेताहरुको काम भनेको जनता लडाएर आफ्नो दुनो सोझ्याउने हो । यस्ता यावत कुराहरु जान्दाजाँदै पनि तिनै नेताहरुको गुलिया र चिप्ला भाषणमा मक्ख परेर तिनैलाइ पटक पटक किन जिताईन्छ ? अहिले सम्म कसैको अधिनमा बस्नु नपरेको हामी बीर गोर्खालीहरु आज बिभिन्न देसबाट आएर बसेकाहरुको हुकुममा चल्न बाध्य बन्दैछौ । यहि पारा रही रह्यो भने  हिजो हिन्दुस्थानीहरुले भोगेको पिडा अब नेपालीहरुले भोग्नु नपर्ला भनेर भन्न सकिदैन त्यसैले नेपालको माटोमा कुन वार सिद्धान्त अनि कुन ब्यबस्था राम्रो रहेछ त्यस तर्फ कोच्ने बेला भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट