शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

तमू सञ्चारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन फागुन १६- १८ गतेसम्म क्होंला सोंथरमा हुदै


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन १६, २०७६

पोखरा / तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रिय समितिको चौथो राष्ट्रिय महाधिवेशन आगामी फागुन १६ देखि १८ गतेसम्म हुने भएको छ । महाधिवेशन गण्डकी प्रदेश, लमजुङको क्होंला सोंथर गाउँपालिका ६ पसगाउँमा हुदैछ । पोखरामा सम्पन्न भएको केन्द्रिय समितिको बैठकले गण्डकी प्रदेश महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन गर्नको लागि संघका कार्यबाहक अध्यक्ष रविन गुरुङको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसमा संघको १५ जना केन्द्रिय कार्य समिति तथा आश गुरुङ (बि) र मिना गुरुङ (लमजुङ), संघको कास्की जिल्ला अध्यक्ष शान्ति गुरुङ, सचिव सुरज गुरुङ र कोषाध्यक्ष शिला गुरुङ (कास्की), गजेन्द्र गुरुङ (बाँके) र नविन गुरुङ (सुनसरी) रहेका छन् ।

यस्तै कोषाध्यक्ष चित्रबहादुर गुरुङ (लाला) को संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा दीपेन्द्र गुरुङ (काठमाडौं), शिला गुरुङ र सुरज गुरुङ (कास्की) तथा चित्र सोल्टी गुरुङ (चितवन) रहेका छन् ।

यस्तै संघकी महासचिव गंगादेवि गुरुङ (काठमाडौं) को संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा सचिव रोशनी गुरुङ (कास्की) र कार्य समिति सदस्य शोभा गुरुङ (बाँके) रहेका छन ।

संघकी कास्की जिल्ला अध्यक्ष शान्ति गुरुङको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ । जको सदस्यमा मिना गुरुङ (लमजुङ) र खिमा गुरुङ (कास्की) रहेका छन ।

संघको कार्य समिति सदस्य आश गुरुङको संयोजकत्वमा आवास तथा यातायात व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा जित गुरुङ (कास्की) र दिलप्रसाद गुरुङ (कास्की) रहेका छन ।

सल्लाहकार खिम घलेको संयोजकत्वमा संघका संस्थापक संयोजक हुम गुरुङ र निवर्तमान अध्यक्ष डण्ड गुरुङ सदस्य रहेको निर्वाचन तथा अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले संघकी अध्यक्ष मिना गुरुङको संयोजकत्वमा सबै तमू सांसद एवम् स्थानिय तहका तमू प्रमुख र उपप्रमुखहरुलाई कार्यक्रममा सहभागि हुन समन्वय गर्ने निणर्य गरिएको छ ।

संघका पूर्व अध्यक्ष गणेशमान गुरुङको संयोजकत्वमा अग्रज तमू पत्रकार तथा संघका सल्लाहकारहरुलाई समन्वय गर्ने निर्णय गरेको छ भने संघको दिल्ली स्थित सल्लाहकार खुम गुरुङको संयोजकत्वमा विदेशमा रहेका तमू पत्रकारहरुलाई समन्वय गर्ने जिम्मा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट