आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

सिरक व्यापारको आवरणमा च’रेसको कारोबार ,एक अर्बको सम्पत्ति


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १५, २०७६

काठमाडाैं। ला’गुऔ’ष ध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । ला’गुऔ’ष ध कारोबारबाटै देवेन्द्रले अ’वैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ ।

उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ । अनुसन्धान फाइल विशेष सरकारी वकिल कार्यालयमा पठाएको छ ।

देवेन्द्र तीनपटक जे’ल बसेर छुटेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख ०६९ मा उनलाई ला गुऔ’ष ध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यसवेला उनीसहित तीनजना एक सय ३६ किलो च’रे’स’सहित पक्राउ परेका थिए ।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा च’रे’सको गो’दाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनको हङकङ र जापानका बैंकमा खाता रहेको त्यतिवेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । ला’गु औ’ष ध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । देवेन्द्र त्यतिवेला दुई वर्ष जे’ल बसेर छुटेका थिए ।

०३९ मा पहिलोपटक पक्राउ परेका उनी ०४२ मा पनि खै’रो हे’रोइनसहित पक्राउ परेका थिए । उनी ०३४ देखि च’रे’स कारोबारको अन्तर्राष्ट्रिय गि’रो’हमा आबद्ध भएको भेटिएको प्रहरी अधिकारीले बताए ।

देवेन्द्रको सीतापाइलामा डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटिएको स्रोत बताउँछ । कतिपय जग्गा उनले बकसमार्फत लिएको अनुसन्धानमा देखिन्छ ।

बयानका क्रममा उनले आफ्नो सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । सरकारी वकिल कार्यालयबाट निर्णय भएपछि उनको सम्पत्ति जफतको माग गरी मुद्दा दायर हुने विभागका एक अधिकारीले बताए ।

देवेन्द्रले सिरक व्यापारको आवरणमा च’रे’सको कारोबार सुरु गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । उनी भारत हुँदै क्यानडासम्म च’रे’स पठाउने गर्थे । अन्तर्राष्ट्रिय गि’रो’हसँग उनको सम्पर्क देखिए पनि प्रहरीले खोतल्न सकेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट