आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

हुदा हुदा ला’स माथीपनि भ्रष्टाचार ? ३१ लाख ५९ हजार भ्रष्टाचार गर्ने ५ जना जनाविरुद्ध मुद्दा


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १५, २०७६

काठमाडौं । अख्तियारले श’व ओसारेको देखि हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गर्ने डिएसपीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले हुम्लाका तत्कालीन डिएसपी त्रिलोकबहादुर चन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्रीविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

उनीहरू ४ जना मिलेर सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाल्ने, ला’स ओसारेको भनी नक्कली विल बनाएर पैसा निकाल्ने गरेर २०७२ असोजदेखि २०७३ असारसम्म ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ ।

ला’स ओसारेको, तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च ३० लाख ९० हजार ५ सय ८ रुपैयाँ र हुँदै नभएको सिपाही ईश्वरी श्रीश भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा राशन भत्तामा खर्च गरेको ६९ हजार ५१ रुपैयाँ सरकारी रकम निकाली भ्रष्टाचार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट