मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

एकदुई महिनाभित्रै नेकपा भित्रैबाट नयाँ सरकार गठन हुने !

विश्ववाट कम्युनिस्ट अन्त्यको मुल कारण बढ्दो महंगी !


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन १३, २०७६

विनोद त्रिपाठी – सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल विच सरकार परिवर्तनको बिषयले प्रवेश पाएको छ । दाहालले सरकार परिवर्तनको कुरा सोझै ओली समक्ष राखिसकेका छन् । तर, ओलीले मन्त्रीमण्डल फेरवदल गर्ने तर, आँफु प्रधानमन्त्रीवाट वाहिरिने आधारहरु दाहालसंग मागेका छन् । पछिल्ला घटनाक्रमलाई दाहालले सरकारप्रतिको वितृष्णाका बिषयलाई ओली समक्ष राखेर सहमति खोजिरहेका छन् ।

दाहाल निवासमा केहि दिनदेखि चलिरहेको माधव नेपाल, झलनाथ खनाल पक्षहरुको भेटघाट र छलफलले पनि सरकार परिवर्तनको बिषय जोडदारले उठेको बिषय वाहिर आइसकेको छ । आजै मात्र वालुवाटार भित्रका सचिवालय मित्रवाट जानकारी भए अनुसार, दाहालहरुको प्रस्तावलाई ओलीले ठाडै अस्वीकार गर्नु भएको र बरु मन्त्रीहरु परिवर्तन गर्ने कुराहरु वहस चलिरहेको छ । तर, दाहालवाट कुनै हालतमा माधव नेपाललाई प्रधानमन्त्री वनाउने वा आँफै वन्ने कुरामा गृहकार्य चलेको छ । पार्टी भित्रको ब्यापक असन्तुष्टिका कारण वामदेव गौतम प्रधानमन्त्री वन्ने वाटो हाललाई वन्द गरिएको छ ।

अवको १/२ महिना भित्रै नेकपा भित्रैवाट नयाँ सरकार परिवर्तन हुने संभावना तिव्र रुपमा अघि बढेको संकेतहरु वाहिर आएका छन् । दाहाल समुहका स्रोतका अनुसार, यदि सरकार परिवर्तन भयो भने सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेल, टोपवहादुर रायमाझी, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, शेरवहादुर तामाङले मन्त्रीमा इन्ट्री मार्ने भएका छन् ।

विश्ववाट कम्युनिस्ट अन्त्यको मुल कारण बढ्दो महंगी !

मैले धेरै पटक विश्ववाट कम्युनिस्ट बढारिनुको कारणका लेख लेखिसकेको छु । नेपालमा पनि त्यही लक्षण देखिएकोले त्यो पनि लेखिरहेको छु । यो लेख आफैमा पुर्ण स्वतन्त्र अभिव्यक्ति हो बुझ्न आवस्यक छ । अहिलेको विश्व परिवेशमा नेपालमा मात्र उम्लिएको कम्युनिस्ट अब कसरी समाप्ति दिशातिर जांदैछ ? नेपालका कम्युनिस्ट नेता पुष्पकमल दाहालले आफैं आर्थिक भ्रष्टमा मुछिएर पनि पछिल्लो पटक यो सत्य कुरा ओकलिरहेका छन ।

जब कम्वोडियामा पोलपोटको कट्टर कम्युनिष्ट शासन ढल्यो अनि राजधानी नोम पेन्ह माथि उठ्न थाल्यो । त्यहाँ कम्युनिष्टले क्रान्ति गरेदेखि सत्ता चलाउँदासम्म कम्वोडियाली जनताले नारकीय जिवन ब्यतित गरेका थिए । कम्युनिष्टको गुरिल्ला संगठन थियो, ‘खमेरुज’ । पोलपोटले सन् १९७५ देखि १९७९ शासन गर्दा नरसंहार गरे । जनतालाई हतियार वोकाएर, भोकमरि निम्त्याएर, बेरोजगार निम्त्याएर, महंगी बढाएर र क्रान्ति गरिदिएर । कति जनता मरे निश्चित तथ्याङ्क संयुक्त राष्ट्रसंघसँग पनि छैन । २० लाख बढी जनता कम्युनिष्ट शासकले प्रत्यक्ष मारेको विवरण मात्र वाहिर आएको छ ।

कम्युनिष्ट शासन र कम्युनिष्ट पार्टीहरुको सम्पूर्ण रुपमा पतन भएपछि मात्र कम्वोडियामा मानिस बस्न लायक देश वन्दै गएको इतिहास छ । अहिले कम्वोडियाले आमूल परिवर्तन गरेको छ । सदाका लागि कम्युनिष्टहरुको पतन भएपछि अहिले कम्वाेडियामा बार्षिक ५० लाख पर्यटक भित्रिन्छन् । कम्युनिष्ट शासनका बेला एकजना पर्यटकले पनि कम्वोडिया भ्रमण गरेनन् ।

कम्बोडियाको राजनीतिक उतारचढावकै वेला सन् १९८५ मा हुन सेनको उदय भयो । साढे तीन दशकदेखि प्रधानमन्त्री हुन सेन कम्बोडियाको निरन्तर कार्यकारी प्रमुख रहिआएका छन् । हुन सेनको नेतृत्वमा कम्बोडियाले राजनीतिक स्थिरता पाएको छ । छिमेकी थाइलैण्ड पनि यसबाट प्रभावित छ । राजनीतिक स्थिरतापछि कम्बोडियाले विकास र समृद्धिको यात्रा उक्लिरहेको छ ।

कृषिजन्य उत्पादनको महंगी बढेर जनता भोकभोकै बस्न वाध्य छन् । तरकारी किन्न नसकेर पानीमा नुन हालेर जनताले खाइरहेका छन् । तर, तिनै कृषिमन्त्री अझै क्रान्ति गर्ने, पार्टीलाई सुदृढिकरण गर्ने, पार्टीलाई अर्थ संकलन गर्ने रणनीतिमा लागेका छन् । अव त जनताले यस्ता नेतालाई भोट दिएर आफ्नो घुँडामा आँफै वन्चरो प्रहार गरेको सावित भएन र ?

खासगरी, पछिल्लो डेढ दशकमा कम्बोडियामा निकै परिवर्तन भएको छ । सन २०१६ मा कम्बोडिया विश्व बैंकको अति गरिब देशको सूचीबाट तल्लो मध्यम आय भएको देशमा उक्लिएको छ ।

कम्युनिष्ट शासनका वेला कम्वोडियाकै हालत बिश्वका आधा भन्दा देशले ब्याहोरेपछि ४० को दशकमा कम्युनिष्ट शासन ओरालो लाग्दै गयो । केहि देशमा कम्युनिष्ट पार्टीका नाम परिवर्तन गरेर सोसल पार्टीहरुमा रुपान्तरित भए । कम्युनिष्ट शब्द अपराधसंग जोडिएकोले विकसित मुलुकका राजनीतिज्ञले पार्टीका नाम बदलेर जनताको विश्वास जित्ने प्रयास गरे । अहिले पनि युरोपका केहि मुुलुकमा कम्युनिष्ठ पृष्ठभुमिका पार्टीले यो रुपान्तरण गरेर देशलाई विकासको मार्गमा लगेका छन् । कम्युनिष्टकै नामवाट पुर्ण शासित मुलुक जम्मा चार मात्र छन् अहिले विश्वमा । चीन, भियतनाम, उत्तर कोरिया र क्युवा । चीनवाहेक सबै मुलुकमा जनता नारकीय अवस्थामै गुज्रिएका छन् । चीनले मात्र विकास गर्नुका पछाडी अर्के कारण लुकेको छ । यस वारेमा हामीले पटक पटक लेखिसकेका छौं ।

अव लागौं नेपालका कम्युनिष्टतिर ।

२००६ सालमा उम्रेको नेपाल कम्युनिष्ट पार्टी नेपालको पुरानो दल हो । जस्ले २०१६ सालमै संसदमा वलियो दलको सौभाग्य प्राप्त गरिसकेको थियो । संसदमा ४ सिट जितेर कम्युनिष्टले तत्कालिन सत्तालाई च्यालेन्ज दिइसकेको थियो । यति पुरानो दलले नेपाललाई कसरी ७० वर्षसम्म बन्धक बनाएर राख्यो यो तिर ध्यान जान आवस्यक छ । जनताले कस्को शासन हो मतलव गर्दैनन् । जनतालाई कस्ले कस्तो शासन गर्यो त्यो मतलव हुन्छ । कम्युनिष्ट होस वा अरु दलको शासन होस, देश र जनताको लागि काम होस् भन्ने हरेक नागरिकको चाहना हुन्छ । त्यहि भएर क्रान्ति गर्दे आएका नेपालका कम्युनिष्ट पार्टीलाई जनताले वलियो शक्ति वनाइदिए ।

क्रान्तिका नाममा नेपालका कम्युनिष्टले कति मानवीय, भौतिक वस्तु र क्रयशक्ति नोक्सान पुर्याए यो इतिहासमा लेखिसकेको छ । अहिले यहि क्षतिका सिंढीहरु चढेर नेपालमा कम्युनिष्ट सरकार छ । तर, पनि नेपालमा कम्युनिष्टले त्यो क्षतिलाई पुर्ति गर्ने कुनै संकेत देखाएका छैनन् । देशलाई लुछेर मात्र खान कम्युनिष्ट नेताहरु लागेका जनताले आरोप लगाइरहेका छन् ।

विश्वका जनताले कम्युनिष्ट पार्टीबाट धोका पाएर ४० कै दशकमा अर्को विकल्प खोजिसकेका थिए । धेरै देशका जनताले कम्युनिष्टलाई निमिट्यान्न पारेर समाप्त पारिदिएका इतिहासका पानामा पढ्न पाइन्छ । जुन देशका जनताले कम्युनिष्टलाई पालेर हुर्काए, बढाए अनि ति देशका जनता तिनै कम्युनिष्ट नेताबाट काटिए, मारिए । भोकमरिमा तड्पिए । रोजगार नपाएर विदेशिए । देशलाई हरिकंगाल बनाइदिए ।

पछिल्लोपटक एउटा निकै अचम्म र खतरनाक विषय बाहिर आएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका वैटकहरु बसिरहेका छन् । वैठकमा नेताहरु अझै क्रान्तिका कुरा गर्न छोडेका छैनन् । केन्द्रदेखि स्थानीय तहसम्म सवै कम्युनिष्टकै वर्चश्व हुँदा हुँदै कति क्रान्तिका कुरा गर्न सकेको होला ? कति जनतालाई दुख दिन सकेको होला ? देश बनाउने र जनतालाई सुख दिने त वर्तमान सरकारले कुनै योजना अघि सारेको छैन । सरकारले नियमित हुने काम वाहेक देशका लागि कुनै प्रगतिका काम गरेको छैन ।

बरु यस विचमा केहि विचित्र दृष्यहरु देखा परेका छन् । पुर्व एमाले भन्दा पुर्व माओवादी मुलुक निर्माण र विकासमा केन्द्रीत भएको देखिन्छ । उदाहरणका लागि (२०७६ साल पुस १ गते ) मंगलबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । वैठकमा पूर्वएमालेका नेताहरुले भने,‘पार्टी सुदृढिकरण गरौं, आर्थिक रुपमा पार्टीलाई मजबुत बनाऔं ।’ यसको सार के हो भने सरकारमा छौं, अझै देश दोहन गरौं ।

जस्तै, घनाश्याम भुषालकै प्रतिवेदनमा भनिएको छ,‘सरकार चलाउने भन्दा पार्टीलाइ सुदृढ वनाउन पुँजिवादको अन्त्य र क्रान्तिको निरन्तरतामा जोड दिने ।’ हैन, यी कृषिमन्त्री भए, यिनले कृषकलाई मारेर गर्न खोजेका के हुन् ? यिनले त अझै देश दोहन, आन्दोलन, क्रान्ति मात्र जानेका रहेछन् । मुलुक बनाउने कुरै यिनले सिक्ने भएनन् । यिनी पूर्व एमालेका चर्का कुरा गर्ने नेता हुन् । बरु, जनार्दन शर्माले बैठकमा भने,–‘मुलुक निर्माण गर्न कार्यकर्ता परिचालन गरौं ।’

यहाँ प्रश्न उठ्छ, पुर्व माओवादीको अपराधको पृष्ठभुमिलाई एकछिन छोड्ने हो भने विकास निर्माणमा पुर्व एमाले भन्दा पुर्व माओवादी केहि कदम अघि हो कि ! धेरैलाई यहि बिषयले निकै चिन्तित वनाएको छ । कृषिजन्य उत्पादनको महंगी बढेर जनता भोकभोकै बस्न वाध्य छन् । तरकारी किन्न नसकेर पानीमा नुन हालेर जनताले खाइरहेका छन् । तर, तिनै कृषिमन्त्री अझै क्रान्ति गर्ने, पार्टीलाई सुदृढिकरण गर्ने, पार्टीलाई अर्थ संकलन गर्ने रणनीतिमा लागेका छन् । अव त जनताले यस्ता नेतालाई भोट दिएर आफ्नो घुँडामा आँफै वन्चरो प्रहार गरेको सावित भएन र ?

विश्वका जनताले कम्युनिष्ट पार्टीवाट धोका पाएर ४० कै दशकमा अर्को विकल्प खोजिसकेका थिए । धेरै देशका जनताले कम्युनिष्टलाई निमिट्यान्न पारेर समाप्त पारिदिएका इतिहासका पानामा पढ्न पाइन्छ । जुन देशका जनताले कम्युनिष्टलाई पालेर हुर्काए, बढाए अनि ति देशका जनता तिनै कम्युनिष्ट नेतावाट काटिए, मारिए । भोकमरिमा तड्पिए । रोजगार नपाएर विदेशिए । देशलाई हरिकंगाल वनाइदिए ।

नेपाल पनि कम्युनिष्टको ७० वर्षदेखि यहि बन्धकमा परेर दरिद्र मुलुकमा दरिएको हामीले भोगिरहेका छौं । अब पनि नेपालका कम्युनिष्ट बदलिएर देश र जनताका लागि मात्र काम नगर्ने हो भने कम्वोडियामा पोलपोटले दिएको अपराधिकरणको जस्तै शिकार हामीले भोग्नेछौं । जुन पीडा कम्युनिष्टका आन्दोलन र युद्धले आँशिक रुपमा भोगिसकेका छौं । नेपालका कम्युनिष्ट दललाई यो अन्तिम परिक्षा हो,‘कम्वोडियाको पोलपोट शासक वनेर सकिने कि, जनताका लागि काम गरेर अझै जीवित रहिरहने ?’ विश्ववाट कम्युनिस्ट अन्त्यको मुल कारण बढ्दो महंगी हो ।

पत्रकारिता स्थायी प्रतिपक्ष हो ।

विश्वभरको मान्यता र पत्रकारिताको विशेषता यहि हो । हिजो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा होस कि पुष्पकमल दाहाल प्रधानमन्त्री हुंदा पनि हामी सधैं प्रतिपक्ष बन्यौं । त्यो बेलाको पत्रकारिताका नजिरहरु स्मरण गर्न बर्तमान सत्ताधारीलाई अनुरोध गर्दछौं । देखेको कुरा बाहिर ल्याउनु र जनता र सरकार बिच अधिकार प्रत्यायोजन गर्नु हाम्रो धर्म हो । त्यसैले सत्तापक्षलाइ सधैं पत्रकारिता प्रति डर हुन्छ । तर बर्तमान सरकार पत्रकारितासंग सजग होइन , मुकाविला गरिरहेछ कि भागिरहेछ । यो गैरजिम्मेवार हो । किनकी स्थायी प्रतिपक्ष भनेको शत्रु होइन, सहयात्री पनि हो भन्ने बुझ्न सक्नुपर्छ । सत्ता र पत्रकारिता सधैं जनताप्रति मात्र जवाफदेही हुन्छन । यो जवाफदेहीवाट च्युत भएपछि नोक्सान देश र जनतालाइ हुन्छ ।

-लेखक त्रिपाठी वरिष्ठ पत्रकार हुन् ।

प्रतिक्रिया
ताजा अपडेट