आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

फेवातालमा हराएका रामशरणको श’व फेला


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन १३, २०७६

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेलको श’व फेला परेको छ। गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको श’व फेला पारेको प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको थियो। पोखरा घुम्न आएका उनीहरूले आफैं डुंगा चलाएर फेवाताल घुम्न गएका थिए।

प्रतिक्रिया
ताजा अपडेट