आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

बाबुसँग रिस उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन १३, २०७६

बागलुङको एक विद्यालयका प्रधानाध्यापकले अभिभावकसँगकाे मनमुटावका कारण स्कुलबाट विद्यार्थी निष्कासित गरेकी छन्। ढोरपाटन नगरपालिका– ४ धिरीस्थित श्री धिरी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी जगन छन्त्याल स्कुलका प्रअ र अभिभावकबीचको झ’गडाका कारण ६ महिनादेखि विद्यालय जानबाट वञ्चित भएका छन्।

विद्यालयकी प्रधानाध्यापक मनदेवी बुढाथोकीले १४ वर्षीय बालक जगनलाई विद्यालयमा अनुशासनहीन काम गरेको आरोपमा गत असोज १ गते विद्यालयबाट निस्कासित गरेकी हुन्।

त्यसयता अभिभावको पटक पटकको आग्रह, ढोरपाटन नगरपालिका र जिल्ला शिक्षा समन्वय शाखा बागलुङको निर्देशन अवज्ञा गर्दैै प्रअ बुढाथोकीले बालकलाई विद्यालय आउन दिएकी छैनन्। उनले राष्ट्रिय मानवअधिकार आयोगको स्पष्टीकरण पत्रलाई समेत बेवास्ता गरेकी छन्।

विद्यार्थीका बुबा इन्द्रमान छन्त्यालले बारम्बार बच्चालाई विद्यालय पठाएपनि प्रधानाध्यापक बुढाथोकीले कक्षामा बस्न नदिएको गुनासो गरे। उनले प्रअ र वडाअध्यक्ष तिलक पुनसँग आफ्नो सामान्य मनमुटाव रहेका कारण विद्यार्थीमाथि अन्याय गरिएको दु:खेसो पोखे।

प्रअ बुढाथोकी वडाअध्यक्ष पुनकी पत्नी हुन्।

बच्चाले लामो कपाल पालेको र काँटा लगाएको आरोपमा ६ महिनादेखि विद्यालयबाट निस्कासित गरिएको छन्त्यालले बताए। उनले भने, ‘न स्कुलले बच्चा पढाउँछ, न सर्टिफिकेट दिन्छ। सामान्य निहुँमा बच्चाको भविष्य बर्बाद पार्न खोजियो।’

उनले बच्चालाई जीआई पाइपले कु’टिएको दाबीसमेत गरे। कु’टपिटबाट बच्चाको खु’ट्टामा निल’डाम लागेको उनको भनाइ छ। प्रअ बुढाथोकीले भने विद्यालयबाट बच्चालाई निष्कासित नगरिएको दाबी गरिन्।

बच्चाले अनुशासनहीन काम गरेकाले सम्झाइबुझाई गरेको तर बच्चा आफैँ विद्यालय नआएको उनले बताइन्। उनले बच्चामाथि कु’टपि’टसमेत नगरिएको बताइन्।

प्रतिक्रिया
ताजा अपडेट