मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

भिम रावलको प्रश्नः प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं कसरी का:टेर खान सक्नुभो ?

प्रधानमन्त्री ओलीको ‘जन्मोत्सव’मा डेढ करोड खर्च !


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन १३, २०७६

काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टीको सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले एक दिन ढिलो गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनएको शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलो तह्रथुममा पुगेर धुमधामका साथ आइतबार जन्मोत्सव मनाए पनि नेता रावलले भने सोमबार मात्र ट्वीटरमा जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले तेह्रथुममका धुमधाम साथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएपछि उनको आलोचना समेत गरिएको छ । प्रधानमन्त्रीको जन्मदिनको केकमा नेपालको नक्सा अंकित गरिएको थियो । नेपालको नक्सा भएको केक काटेपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

यस विषयमा नेता रावलले पनि केही गल्तीहरु औंल्याएका छन् । उनले केक काट्ने नेपाली संस्कृति नभएको भन्दै नेपालको नक्सासहितको केक काटेकोमा प्रश्न उठाएका छन्।

यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठिक नभएको उनले लेखेका छन् । नेता रावलले पार्टीको निर्णयअनुसार त यस्तो तामझामका साथ जन्म दिन मनाउनै नहुने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्–
‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृद्धि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन। पार्टी निर्णयले झनै मिल्दैन।’

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन करीव डेढ करोड  खर्च भएको दाबी गरिएको छ । नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न शीर्षकमा खर्च भएको रकमको लागत जोड्दा जम्माजम्मी १ करोड ४२ लाख रुपैयाँ हिसाब निकालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट